१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २८ सोमबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक २८ सोमबार ११:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उम्मेदवारको पक्ष-विपक्षमा उभिने स्थानीय प्रशासनमाथि कारबाही हुन्छ : निर्वाचन आयुक्त भण्डारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २८ सोमबार ११:२o:oo

निर्वाचन आयोगले उम्मेदवारहरूको पक्ष-विपक्षमा उभिने स्थानीय प्रशासनमाथि तत्काल कारबाही गर्ने चेतावनी दिएको छ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै स्थानीय प्रशासनका कर्मचारीले कुनै पनि उम्मेदवारसँग पक्ष-विपक्षमा लागेर काम गरेको पाइए सरकारी सेवा नै धरापमा पर्न सक्ने बताए। ‘कुनै ठाउँको स्थानीय प्रशासन कुनै उम्मेदवारको पक्षमा लागेर अरूको विपक्षमा लागेको देखियो भने तत्क्षण नै कारबाही हुन्छ। यति ठूलो जोखिम उठाउनुपर्छ कि उहाँहरूको त्यो सेवा अवधि, सरकारी सेवा, निजामती सेवा नै धरापमा पर्न सक्छ,’ उनले भने।

निर्वाचनलाई असर पार्ने कुनै पनि क्रियाकलाप गर्न नपाइने उल्लेख गर्दै उनले सरकारी कर्मचारी पक्ष–विपक्षमा लागेको पाइए आयोगलाई जानकारी गराउन पनि सञ्चारमाध्यमहरूलाई आग्रह गरेका छन्। आयोग र मातहतका कार्यालयले स्थानीय तहमा कार्यरत कर्मचारीहरूको गतिविधिमा सूक्ष्म ढंगले निगरानी राखेको आयुक्त भण्डारीको भनाइ छ।

‘अहिलेसम्म हामीले पाएको प्रगति विवरणअनुसार कुनै पनि ठाउँबाट त्यस्ता चुनौती आएका छैनन्। र, अब आउँदा पनि आउँदैनन्। चुनौती आउनु पनि हुँदैन,’ उनले भने, ‘त्यसैले विषय विषयमा पनि हामीले मसिनो ढंगले निगरानी गरिराखेका छौँ।’