१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ कार्तिक २७ आइतबार १६:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुदूरपश्चिममा तीन सय ५२ मतदानस्थल अति संवेदनशील

Read Time : < 1 मिनेट
२०७९ कार्तिक २७ आइतबार १६:३०:००

सुदूरपश्चिम प्रदेशका एक हजार एक सय ६१ मतदानस्थलमध्ये तीन सय ५२ अति संवेदनशील मानिएका छन्। 

प्रदेश प्रहरी कार्यालय धनगढीले दिएको जानकारीअनुसार चार सय चार मतदानस्थल संवेदनशील र चार सय पाँच स्थल सामान्य रहेका छन्। कैलालीका दुई सय ३७ मतदानस्थलमध्ये ५३ अति संवेदनशील, एक सय ३१ संवेदनशील र ५३ सामान्य अवस्थामा छन्। 

कञ्चनपुरमा ६६ अति संवेदनशील, २६ संवेदनशील र ४० सामान्य अवस्थाका मतदानस्थल छन्। बाजुराका ७० मतदान स्थलमध्ये ४३ अति संवेदनशील, २३ संवेदनशील र चार सामान्य रहेका छन् । डडेल्धुराका एक सय एक मतदानस्थलमध्ये २३ अति संवेदनशील, ४१ अति संवेदनशील र ३७ सामान्यमतदान स्थल छन्। 

बझाङका एक सय ३५ मतदान स्थलमध्ये ५६ अति संवेदनशील, ५८ संवेदनशील र ७६ सामान्य रहेका छन्। डोटीमा अति संवेदनशील नौ, संवेदनशील ३० र सामान्य ७६ गरी एक सय १५ मतदान स्थल छन्। 
अछामका एक सय ३० मतदान स्थलमध्ये अति संवेदनशील ६०, संवेदनशील ५० र सामान्य २० मतदानस्थल छन्।

बैतडीका एक सय २९ मतदान स्थलमध्ये ३१ अति संवेदनशील, ३४ संवेदनशील र ६४ सामान्य स्थल रहेका छन्। यस्तै, दार्चुलामा अति संवेदनशील ११, संवेदनशील ११ र सामान्य ९० गरी एक सय १२ मतदानस्थल छन्।