मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक २६ शनिबार
  • Wednesday, 09 July, 2025
२o७९ कार्तिक २६ शनिबार १७:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विजयको सुरुवात चितवनबाटै होस् : देउवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २६ शनिबार १७:२२:oo

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सत्तागठबन्धनको जित हुन अतिआवश्यक रहेको बताएका छन्। 

४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा एवं प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा चितवनमा आयोजित आमसभालाई सम्बोधन गर्दै देउवाले राष्ट्र एकता कायम गर्न, लडाइँ गरेर ल्याएको गणतन्त्रलाई संस्थागत गर्न लोकतान्त्रिक वाम–गठबन्धनको जित आवश्यक रहेको बताएका हुन्।

उनले विजयको सुरुवात चितवनबाटै होस् भनेर आफू आएको बताउँदै भने- स्थानीय तहमा पनि यहीँबाट गठबन्धनको विजयी सुरुवात भएको हो। अहिले पनि चितवनले यसको नेतृत्व लिनुपर्छ। देउवाले ३ वटा चुनावसम्म सत्तागठबन्धन एक भएर अघि बढ्छ। संविधानविपरीत गएर केपी ओलीले दुईपटकसम्म संसद् विघटन गरे। त्यसैले हामीले उनको खिलापमा संसद् फिर्ता ल्याउने काम गर्यौँ र हामी सफल पनि भयौँ।

देउवाले अब संघीय शासन व्यवस्था, समावेशीतालाई संस्थागत गर्दै हिमाल, पहाड, मधेससँगै मेचीदेखि महाकालीसम्म राष्ट्रिय एकतालाई एकबद्ध बनाएर लैजाने प्रयास गरेकाे बताए। देउवाले भने- हामी एक भएर अगाडि बढ्यौँ भने नेपालमा समावेशी, समानुपातिकसँगै राष्ट्रिय एकता पनि कायम हुने विश्वास लिएको छु।