१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक २६ शनिबार १४:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गगन प्रधानमन्त्री बन्न सक्षम र तयार छन् : अर्थविद् वाग्ले 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक २६ शनिबार १४:०२:००

अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनपछि प्रधानमन्त्री बन्ने दाबी गरेका छन्। नेपाली कांग्रेसको निकट रहेर चुनावी प्रचारमा सक्रिय वाग्लेले मुलुकको प्रधानमन्त्री बन्नका लागि थापा सक्षम र तयार रहेको पटकपटक दोहोर्याए।

शनिबार काठमाडौं क्षेत्र नम्बर ४ को एक कार्यक्रममा उनले थापालाई प्रधानमन्त्री बनाउन जिताएर पठाउन स्थानीय मतदातालाई आह्वान गरे। अर्थविद् वाग्लेले थापासँग प्रधानमन्त्री बन्ने भिजन र सोहीअनुसार विज्ञहरूको टिम रहेको उल्लेख गरे।

थापालाई अघि बढाएर प्रधानमन्त्री बनाउन सके १० वर्षभित्र मुलुकमा ठूलो परिवर्तन आउने वाग्लेको विश्वास छ। थापाले सात महिना स्वास्थ्यमन्त्री हुँदा मुलुकमा एकीकृत स्वास्थ्य नीतिको जग बसाएको र त्यसलाई कार्यान्वयन गरेर लैजाँदा हरेक नागरिकलाई बिमाको माध्यमबाट स्वास्थ्य उपचार पाउने अवस्था रहेको बताए।

अब पुराना पुस्ताका नेताहरूको योगदानको सम्मान गर्दै नयाँ नेतृत्वबाट मुलुकलाई अघि बढाउन सबै लाग्नुपर्ने अर्थविद् वाग्लेको भनाइ थियो। उनले भने, ‘उनी (गगन) रेडी छन्, उनी तयार छन्। उनी क्वालिफाइड छन्। यो कुरा उनले छोटो समयमा म योजना आयोगको सदस्य, उपाध्यक्ष हुँदाखेरी यो मुलुकलाई युनिफाइड हेल्थ सिस्टममा कसरी बाँध्न सकिन्छ भन्नेबारे यति गहिरो होमवर्क गरे। उनले बनाएको मास्टरप्लानमै मुलुक हिँडिरहेको छ।’

अर्थविद् वाग्लेले नयाँ पुस्ता नआई मुलुकलाई समुन्नत बनाउन सक्ने अवस्था नभएको कुरालाई सबैले मनन गरेर अघि बढनुपर्नेसमेत औँल्याएका छन्। मुलुक पछि पर्नुमा राजनीति नै जिम्मेवार रहेको उल्लेख गर्दै उनले त्यसलाई सुधार गर्दै लैजान पनि नयाँ पुस्ताले त्यसको नेतृत्व लिनुको विकल्प नरहेकोमा जोड दिए।