मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक २५ शुक्रबार
  • Friday, 11 July, 2025
२o७९ कार्तिक २५ शुक्रबार १४:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जुम्लामा स्कुलबसको ठक्करले बालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २५ शुक्रबार १४:o१:oo

जुम्लामा स्कुलबसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। चन्दननाथ नगरपालिका– ९ उमगाडनजिकै स्कुलबसले पैदल हिँडिरहेका बालकलाई ठक्कर दिएको थियो।

तातोपानी गाउँपालिका– ५ ऐरेनीबाट सदरमुकाम खलंगातर्फ आउँदै गरेको भे.१क ३८२ नम्बरको कनिका निशा बोर्डिङ स्कुलको बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताए। मृत्यु हुनेमा चन्दननाथ नगरपालिका– ९ का ११ वर्षीय राजेश गिरी रहेको उनले बताए।

बिहीबार अपराह्न ५ बजेर ३५ मिनेटमा दुर्घटना भएकोमा ५ बजेर ५४ मिनेटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बालकको मृत्यु भएको हो। 

बस र चालक प्रहरीको नियन्त्रण रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। मृतक बालकका आफन्तले उचित क्षतिपूर्ति र चालकलाई कारबाही गर्न माग गरेका छन्।