१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २३ बुधबार
  • Monday, 30 June, 2025
२o७९ कार्तिक २३ बुधबार २१:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देउवा भन्छन्- पश्चिम सेती र पञ्चेश्वर अघि बढेपछि सुदूरपश्चिमको कायापलट हुन्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २३ बुधबार २१:३१:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती र पञ्चेश्वर बहुद्देस्यीय आयोजना अघि बढाउने पुरानै दाबी दोहोर्‍याएका छन्।

बैतडीको पाटनमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै देउवाले सुदूरपश्चिमको कायापलट गर्ने योजना पश्चिम सेती अगाडि बढाउने बताएका हुन्। 

हरेक निर्वाचनमा चुनावी एजेन्डा बन्ने तर कहिल्यै अगाडि नबन्ने पश्चिम सेती र पंचेश्वर आयोजना फेरि एटक चुनावी नारा बनेकाे छ। 

‘पश्चिमसेतीले सुदूरपश्चिमको सम्पूर्ण कायापलट गर्छ, त्यसको आम्दानी सुदूपश्चिमले पाउछ’ प्रधानमन्त्री देउवाले भने ‘त्यस्तै पञ्चेश्वर आयोजना जो छ, भारतीय प्रधानमन्त्री त्यसको पक्षमा हुनुहुन्छ, यसले त सुदूरपश्चिम मात्रै होइन देशकै कायापलट हुन्छ।’ 

देउवाले मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दु झुलाघाँटमा महाकालीमाथि पक्की पुल बनाउने समेत तयारी चलिरहेको बताए। 

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत देउवाकै भनाई दोहोर्‍याए । ‘पञ्चेश्वर होस् वा पश्चिम सेती होस, सुदूरपश्चिमको जीवनमा विद्युतीकरणमार्फत ठूलो परिवर्तन ल्याउन सम्भव छ, त्यो प्रक्रिया अघि बढिसकेको छ,’ उनले भने। 

सत्तारुढ गठबन्धनका उम्मेदवारका लागि भोट माग्दै प्रचण्डले अहिलेको गठबन्धन दश वर्षसम्म जाने दाबी गरे।