मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ कार्तिक २३ बुधबार १२:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ठूला नेताहरूले निर्वाचन जित्न पहिले नै ‘म्याच फिक्सिङ’गरे : वरिष्ठ अधिवक्ता त्रिपाठी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ कार्तिक २३ बुधबार १२:३८:००

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ठूला नेताहरूले निर्वाचन जित्न पहिले नै ‘म्याच फिक्सिङ’ गरेको बताएका छन् । निर्वाचन पर्यवेक्षण समिति नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘समसामयिक राजनीतिक परिप्रेक्ष्यमा हाम्रो निर्वाचन पद्धति र शासकीय प्रबन्ध’ विषयक अन्तर्क्रियामा बोल्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले ठूला नेताहरूले निर्वाचन जित्न पहिले नै म्याच फिक्सिङ गरेको बताएका हुन् ।

उनले मतदाताले आफ्नो चाहनामा मतदान गर्ने अवस्था नरहेको बताए । गठबन्धन र तालमेलको नाममा मतदाताको रोजाइको उम्मेदवारलाई मतदान गर्न नसकिएको उनको भनाइ छ । उनले ठूला नेताहरू कसलाई कहाँबाट जिताउने भन्ने पहिले नै पक्का भइसकेकाले ‘नो नट अगेन’ जति भने पनि प्रभावकारी नहुने बताए । त्रिपाठीले निर्वाचनपछि पनि देश अस्थिरतामा जाने निश्चित भएको बताए ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले समानुपातिक निर्वाचन प्रणालीलाई नेता व्यवस्थापनका लागि मात्रै प्रयोग गरिएको बताए । उनले निर्वाचन नजित्नेलाई थन्क्याउनका लागि मात्रै समानुपातिक निर्वाचन प्रयोग भएको टिप्पणी गरे ।  त्यस्तै, समानुपातिकको टिकट बिक्री हुने भएकाले लक्षित समुदायले पाउन नसकेको उनले बताए ।