१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
अञ्जना बराइली, अभिनेत्री
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १o:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

‘महापुरुष’ले  धेरै कुरा सिकायो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:२o:oo

सानैदेखि कलाकार बन्ने उद्देश्य थियो । ‘महापुरुष’जस्तो सिनेमाबाट डेब्यु गर्न पाउनु ठूलो कुरा हो । यस फिल्मबाट पाएको सकारात्मक प्रतिक्रियाले मलाई ठूलो हौसला मिलेको छ । महजोडी र प्रदीप भट्टराई दाइको निर्देशनमा काम गर्न पाउनु मेरो ठूलो भाग्य हो । यस दौरान मैले उहाँहरूबाट धेरै कुरा सिक्न पाएँ । 

सिनेमाका स–साना कुरामा ख्याल गर्न सुझाव दिनुहुन्थ्यो । त्यसैले उहाँहरू मेरा लागि अभिभावक हुनुहुन्छ । उहाँहरूका कारण मजस्ता नयाँ कलाकारलाई धेरै हौसला र ऊर्जा मिलेको छ । हुन त मैले थुप्रै म्युजिक भिडियोमा काम गरिसकेकी थिएँ । म्युजिक भिडियोमा काम गर्नु र सिनेमामा काम गर्नुमा आकाश–जमिनको फरक हुँदोरहेछ ।

म्युजिक भिडियो सानो टिम, त्यसमाथि पनि काम गर्ने तरिकै फरक हुन्छ । सिनेमा विशाल क्यान्भास हो । यसका लागि त्यहीअनुसारको तयारी चाहिन्छ । मैले अभिनयभन्दा अर्काे विकल्प सोचेकी छैन ।  अझै धेरै कुरा सिक्नुपर्नेछ ।  फरक–फरक क्यारेक्टरमा काम गर्ने इच्छा छ । 

ad
ad