१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o८:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पर्यटन प्रर्वद्धनका लागि ‘थाहा फोटो प्रदर्शनी’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:१८:oo

काठमाडौंको वसन्तपुर कालभैरव डबलीमा आयोजना गरिएको थाहा पर्यटकीय फोटो प्रदर्शनी ६ सय विदेशीसहित करिब १३ हजारजनाले अवलोकन गरेका छन् । थाहा नगरपालिकाको आयोजनामा १८ कात्तिकदेखि २० कात्तिकसम्म तीन दिन प्रदर्शनी चलेको थियो ।

स्थानीय फोटो पत्रकार गणेश विष्टले खिचेका थाहा नगर र इन्द्रसरोबरआसपासका पर्यटकीय गन्तव्य, प्राकृतिक सौन्दर्य, जीवनयापन, कला–संस्कृति, धार्मिक स्थलहरू समेटिएका करिब एक सय फोटो प्रदर्शनीमा राखिएको थियो । थाहा नगरपालिकाले आयोजना गरेको फोटो प्रदर्शनीले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने पर्यटनमन्त्री जीवनराम श्रेष्ठले बताए ।

सरकारले सन् २०२३ देखि २०३२ सम्म भ्रमण दशक घोषणा गरेको औँल्याउँदै उनले भने, ‘यस फोटो प्रदर्शनीले आन्तरिक र बाह्य पर्यटकका लागि नयाँ गन्तव्य सूचित गरेको छ । थाहाका प्रमुख विष्णुबहादुर विष्टले फोटो प्रदर्शनीले थाहा नगरको पर्यटन विकास टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । प्रदर्शनीमा करिब दुई सय ५० भन्दा बढी फोटो बिक्री भएको बताइएको छ । 

ad
ad