Skip This
मधेस प्रदेशको कमजोर ब्याटिङ, बागमतीलाई १९१ रनको लक्ष्य
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २१ सोमबार
  • Saturday, 27 July, 2024
२o७९ कार्तिक २१ सोमबार १३:२२:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मधेस प्रदेशको कमजोर ब्याटिङ, बागमतीलाई १९१ रनको लक्ष्य

Read Time : > 1 मिनेट
२o७९ कार्तिक २१ सोमबार १३:२२:oo

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले कमजोर ब्याटिङ गरेको छ। कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मधेस प्रदेश ४६.२ ओभरमा एक सय ९० रन बनाएर अलआउट भयो।

७.४ ओभरमा २६ रनमा पहिलो विकेटको रूपमा मधेसका कप्तान हरिशंकर साह १३ रन बनाउँदै आउट भए। बागमतीका नन्दन यादवको बलमा कप्तान साह बोल्डआउट भएका हुन्। २२ बल सामना गरेका कप्तान साहले तीन चौका प्रहार गरेका थिए।
 
दोस्रो विकेटको रूपमा १७औँ ओभरमा ओपनर सन्तोष कार्की व्यक्तिगत २३ रनको स्कोरमा आउट भए। टिमको स्कोर ७० रनको अवस्थामा ओपनर कार्की प्रतिश जिसीको बलमा बोल्ड भए। कार्कीले ४८ बल सामना गर्दै तीन चौका प्रहार गरे।

२१.२ ओभरमा ९५ रनको अवस्थामा तेस्रो विकेटको रूपमा विकेटकिपर अनिल साह व्यक्तिगत १० रन जोड्दै आउट भए। विकेटकिपर साहलाई बागमतीका सूर्य तामाङले एलबिडब्लू आउट गरे। चौथो विकेटको रूपमा एक सय २८ रनको स्कोरमा २९.४ ओभरमा सुशील सुसलिङ ११ (२६) रन बनाउँदै रामनरेश गिरीको बलमा पृथु बास्कोटाद्वारा क्याचआउट भए।

पारीलाई सम्हाल्दै अगाडि बढाउँदै गइरहेका रोहन विक पाँचौँ विकेटको रूपमा खराब सर्ट प्रहार गर्ने क्रममा आउट भए। टिमको स्कोर १५७ रनको अवस्थामा ३५.४ ओभरमा विक क्याच आउट भए।
 
यस्तै, बलिङतर्फ बागमतीका नन्दन यादवले नाै ओभर बलिङ गर्दै २७ रन खर्चिएर तीन विकेट लिएका छन्। सूर्य तामाङले १० ओभरमा एक ओभर मेडन राख्दै २० रन खर्चिएर तीन विकेट लिए। रामनरेश गिरीले आठ ओभरमा ३८ रन खर्चिएर दुई र प्रतिश जिसीले ७.२ ओभर बलिङ गर्दै दुई विकेट लिए।

चार खेलाडीले दोहोरो अंक छोएनन्
मधेस प्रदेशका चार खेलाडीले दोहोरो अंक छुन सकेनन्। विवेक यादव ६ (१८), डब्लु मलिक चार (सात) र रुपेश सिंह दुई (६) रनमा आउट भए। अन्तिम ब्याटिङ गर्न आएका राजेश यादवले २१ बल खेल्दै दुई चौकाको महत्वपूर्ण १६ रन जोडे।

विकले पूरा गरे अर्धशतक
जारी प्रतियोगितामा अर्धशर्तक पूरा गर्ने मधेस प्रदेशको अर्का खेलाडीको रूपमा रोहन विक थपिएका छन्। ९४ बल खेलेका विकले दुई छक्का र ६ चौकाको मद्दतले ६३ रन बनाए। रामनरेश गिरी खराब सट प्रहार गर्ने क्रममा विवेक मगरद्वारा क्याचआउट भए।
 
प्रतियोगितामा मधेसका कप्तान हरिशंकर साह, ओपनर सन्तोष कार्की र विकेटकिपर अनिल साहले अर्धशतक बनाइसकेका छन्।