मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बिर
नयाँ पत्रिका नवलपरासी
२०७९ कार्तिक २० आइतबार १४:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

थारू समुदायको समस्या हल गर्नु मेरो जिम्मेवारी : विनोद चौधरी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नवलपरासी
२०७९ कार्तिक २० आइतबार १४:०३:००

नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका विनोद चौधरीले थारू समुदायको समस्याको पहिचान र त्यसको समाधानका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्।

आइतबार थारू समुदायका अगुवाहरूसँगको अन्तर्क्रिया कार्यक्रममा चौधरीले थारू समुदायले पनि आफ्नो हक, अधिकार र समस्या पहिचान गरी अघि बढ्नुपर्ने समय आएको बताए।

‘समस्या के हो म परिचित छु। थारू समुदायमा स्वास्थ्य, शिक्षा, खानेपानी र रोजगारको अवस्था के छ अझै गहिरिएर बुझ्ने मौका पाएँ,’ चौधरीले भने। सो क्रममा थारू अगुवाहरूले आफ्नो समुदायमा रहेका समस्याबारे जानकारी गराएका थिए।