मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक १९ शनिबार
  • Wednesday, 09 July, 2025
२o७९ कार्तिक १९ शनिबार १३:५१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मधेश प्रदेशले लुम्बिनीलाई दियो २६० रनको लक्ष्य

हरिशंकर, अनिल र सन्तोषले बनाए अर्धशतक

Read Time : < 1 मिनेट
२o७९ कार्तिक १९ शनिबार १३:५१:oo

प्रधानमन्त्री कप क्रिकेट प्रतियागिताको दोस्रो खेलमा मधेश प्रदेशले बलियो योगफल बनाएको छ। मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मधेश प्रदेश निर्धारित ५० ओभरमा २५९ रन बनाएर अलआउट भयो।

मधेश प्रदेशको सुरुवात राम्रो रह्यो। ओपनिङमा आएका कप्तान हरिशंकर साह र सन्तोष कार्कीले १३० रनको साझेदारी गरे। क्याचआउट भएका सन्तोषले ६० बलमा ३ छक्का र ५ चौकाको मद्दतले ५० रन पूरा गरेका थिए।

मधेश प्रदेशबाट पहिलो अर्धशतक कप्तान हरिशंकरले पूरा गरेका थिए। उनले ५६ बलको सामना गर्दै ५० अर्धशतक पूरा गरेका थिए।

९० बलको सामना गरेका साह १ छक्का र १३ चौकाको मद्दतले सर्वाधिक ७६ रन बनाउँदै अनिल खरेलको बलमा एलबिडब्लू आउट भए। विकेट किपर अनिल साहले विष्फोटक ब्याटिङ गर्दै ४९ बलमा २ छक्का र ५ चौकाको मद्दतले आफ्नो दोस्रो अर्धशतक पूरा गरे। उनी खरेलकै बलमा एलबिडब्लू आउट भए। अनिलले प्रदेश नम्बर १ सँग भएको पहिलो खेलमा पनि अर्धशतक पूरा गरेका थिए। मधेश प्रदेशका विवेक यादव २१, मोहम्मद आदिल आलम १२ र इमरान शेखले १० रन जोडे।
 
बलिङतर्फ लुम्बिनी प्रदेशका कृष्ण कार्कीले ८ ओभरमा १ ओभर मेडन दिँदै ३५ रन दिएर ३ विकेट लिए। अनिल खरेलले ९.४ ओभरमा १ मेडनसहित ३७ रन दिँदै २ विकेट लिए भने मोहम्मद हुसेन, कप्तान देव खनाल र बसीर अहमदले १–१ विकेट लिएका छन्।