१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १२:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

आचारसंहिता उल्लंघन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:१९:oo

‘टिफिन टाइम’मा विद्यार्थीलाई कोमल वलीको चुनावी क्लास

११ जेठ ०६८ मा सरकारले गरेको ‘विद्यालय शान्ति क्षेत्र’ घोषणा पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता प्रमुख दलहरूले सार्वजनिक रूपमै गरेका थिए । ‘विद्यालय शान्ति क्षेत्र’ घोषणाका तीनमध्ये एक उद्देश्य थियो– विद्यालयलाई दलगत राजनीति तथा अन्य हस्तक्षेपबाट मुक्त राख्नु । तर, यतिवेला दलका उम्मेदवार विद्यालयभित्रै घुसेर विद्यार्थीलाई चौरमा भेला गराई चुनावी प्रचार गरिरहेका छन्, जुन निर्वाचन आयोगले तोकेको आचारसंहिताको पनि खिलापमा छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ (ग) मा ‘कुनै सरकारी कार्यालय वा सामुदायिक विश्वविद्यालय वा विद्यालय क्षेत्रको प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचार–प्रसार गर्न वा गराउन नहुने’ उल्लेख छ ।
एमालेबाट दाङ ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार कोमल वली र ३ (ख) प्रदेश सभा सदस्य उम्मेदवार हुकुम बस्नेतले बिहीबार बबई गाउँपालिका– १ गँगटेस्थित सरस्वती जनता माविको प्रांगणमा विद्यार्थी भेला गराएर आफ्ना अभिभावकलाई सूर्य चिह्नमा भोट हाल्न लगाउन भनेका छन् । उनीहरूले बालबालिकालाई एमालेको पोस्टर–पम्प्लेट वितरण, भाषण तथा नाचगान गरे । वलीले भने आफू कलाकारको हैसियतमा विद्यालय पुगेको दाबी गरेकी छिन् ।

‘विद्यालयवरपरको बस्तीमा मेरो चुनावी अभियान चलिरहेका वेला मलाई देखेपछि विद्यार्थीले नै बोलाए । लामो समय सञ्चारकर्ममा रहेकी र हजारभन्दा धेरै गीत गाएकी म विशुद्ध राजनीतिकर्मी मात्रै नभई गायिका पनि हुँ । विद्यार्थी भाइबहिनीले गायिकाको रूपमा गीत गाउन अनुरोध गरेपछि मैले गीत पनि गाएँ । चुनावबारे पनि केही विद्यार्थीको सोध्नुभएकाले त्यसको जिज्ञासा पनि मेटाएँ । तर, मैले विद्यार्थीसँग भोट मागिनँ,’ उनको दाबी छ । 

 

 

ad
ad