१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १९ शनिबार
  • Saturday, 28 September, 2024
२o७९ कार्तिक १९ शनिबार ११:o९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

ताप्लेजुङमा धमाधम नमुना मतदान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १९ शनिबार ११:o९:oo

ताप्लेजुङमा निर्वाचन कार्यालयले शुक्रबार देखि नमुना मतदान शुरु गरेको छ । शुक्रबार सिरीजंघा गाउँपालिका र सिदिङवा गाउँपालिकामा नमुना मतदान कार्यक्रम सम्पन्न गरेको छ । सिरीजंघा गाउँपालिका–४ तेल्लोक स्थित तेल्लोक माध्यमिक विद्यालयमा नमुनाम मतदान कार्यक्रम सम्पन्न भएको हो । 

नमूना मतदानमा प्रतिनिधीसभा प्रत्यक्षतर्फ ५८ जनाले मतदान गरेकोमा २ वटा मत बदर भएको थियो । ५६ मत सदर रह्यो । यसैगरी समानुपातिकतर्फ ५८ जनाले मतदान गरेकोमा ३ मत बदर भएको निर्वाचन अधिकारी दिनेश खनालले जानकारी दिए । 

यसैगरी प्रदेशसभातर्फ प्रत्यक्ष र समानुपातिकमा पनि ५८ जनाले नै मतदान गरेको जिल्ला निर्वाचन अधिकारी खनालले बताए । प्रदेशसभा प्रत्यक्ष र समानुपातिकमा २/२ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी खनालले जानकारी दिए ।  कात्तिक १८ गते नै सिदिङवा गाउँपालिकास्थित भन्ज्याङ माविमा नमूना मतदान कार्यक्रम सम्पन्न गरेको छ । प्रतिनिधिसभातर्फ पुरुष ३० जना र महिला ११ जना गरि ४१ जनाले गरेको मतदानमा २ वटा मत बदर भएको थियो । 

प्रतिनिधिसभा समानुपातिकमा ३७ जनाले गरेको मतदानमा २ वटा मत बदर भएको थियो । यसैगरी प्रदेशसभा प्रत्यक्षतर्फ ३७ जनाले मतदान गरेकोमा २ वटा मत बदर भएका थिए । प्रदेशसभा समानुपातिकमा ३७ जनाले गरेको मतदानमा २ वटा मत बदर भएको थियो ।

आज शनिबार मिक्वाखोला र मेरिङदेन गाउँपालिका, कात्तिक २० आइतबार गते फक्ताङलुङ गाउँपालिका, कात्तिक २१ गते मैवाखोला गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिका, कात्तिक २२ गते पाथीभरा याङवरक गाउँपालिका र कात्तिक २३ गते फुङलिङ नगरपालिकामा नमूना मतदान कार्यक्रम सञ्चालन हुने भएको छ । निर्वाचन आयोगको परिपत्रअनुसार मतदान कार्यक्रम प्रभावकारी बनाउन कम्तीमा एक स्थानिय तहको एक ठाउँमा नमूना मतदान कार्यक्रम सञ्चालन गरिएको हो ।