मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १८ शुक्रबार
  • Monday, 16 December, 2024
मोहन विष्ट कञ्चनपुर
२o७९ कार्तिक १८ शुक्रबार १८:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

६ तिर मुख फर्किएको गठबन्धन ४ मंसिरपछि भत्किन्छ : ओली

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७९ कार्तिक १८ शुक्रबार १८:५१:oo

एमाले अध्यक्ष केपी ओलीले मंसिर ४ पछि सत्तागठबन्धन भत्किने बताएका छन्। शुक्रबार एमाले कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा आयोजना गरेको विशाल चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले गठबन्धन भत्किने बताएका हुन्।

‘मंसिर ४ पछि गठबन्धन भत्किन्छ,’ अध्यक्ष ओलीले भने, ‘गठबन्धनमा रहेका नेताको ६ तिर मुख फर्किएको छ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले वर्तमान गठबन्धन सरकारले जनअपेक्षाअनुरूप काम गर्न नसकेको आरोप लगाए। चुनावपछि एमालेले बहुमत ल्याएर सरकार बनाउने र देशका भएका सबै विद्यमान समस्या हटाउने ओलीको दाबी छ। 

ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एमाले पूर्वअध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै पार्टीभित्र रहेका दाजुभाइसमेत लगेर गएको टिप्पणी गरेका छन्।
 
प्रचण्डले आफ्ना मान्छेका लागि सेटिङ गरेको ओलीले आरोप लगाए। यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले गेटा मेडिकल कलेज डडेल्धुराको तुफानडाँडा लगेको बताए। ओलीले कञ्चनपुर ३ बाट वाम–गठबन्धनका उम्मेदवार रमेश लेखकले एमाले पोलिटब्युरो सदस्य निरुदेवी पाललाई नचिनेकोमा आश्चर्य प्रकट गरे।
 
ओलीले दोधारा–चाँदनीमा दुई वर्षभित्रै महाकाली सिँचाइमा १० क्युसेक पानी पुर्‍याउने, पश्चिमसेती, पञ्चेश्वर, दैजी औद्योगिक क्षेत्र अघि बढाउने, महाकाली पुल, तेस्रो चरण, करिडोरलगायतका विकास निर्माणका काम  अघि बढाउने दाबी गरेका छन्। 

सुदूरपश्चिम विश्वविद्यालय र गेटा मेडिकल कलेज अघि बढाउने आश्वासन दिएका ओलीले एमसिसी एमालेले पास नगरेको बताए। डडेल्धुरामा एमालेले बिपी कांग्रेसका उम्मेदवारलाई सघाउने र भीम रावलले मात्रै कति पटक टिकट पाउने भन्दै प्रश्न गरे। 

‘डडेल्धुरामा एमाले केन्द्रीय कमिटीको निर्णयअनुरूप कर्ण मल्ललाई सहयोग गर्छ,’ ओलीले भने, ‘स्थानीय नेता–कार्यकर्ताले केन्द्रको निर्णयअनुरूप मल्लको चुनाव प्रचारमा खटिनू।’