Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ कार्तिक १८ शुक्रबार १०:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विद्यार्थीसँग भोट माग्दै कोमल वली

Read Time : < 1 मिनेट
२०७९ कार्तिक १८ शुक्रबार १०:४०:००

एमालेकोबाट दाङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यकी उम्मेदवार कोमल वली र प्रदेश सभा ३ (ख)का उम्मेदवार हुकुम बस्नेतले दाङको एक विद्यालयका विद्यार्थीसँग मत मागेका छन् । दाङको बबई गाउँपालिका– १ गँगटेस्थित सरस्वती जनता माविमा वली र बस्नेतसहितका नेता तथा कार्यकर्ता पुगेर घरमा रहेका बुबाआमालाई एमालेको सूर्य चिह्नमा भोट हालिदिन भन्न विद्यार्थीसमक्ष अनुरोध गरेका छन् । 

उनीहरूले विद्यार्थीलाई विद्यालयको परिसरबाहिरको मैदानमा राखेर चुनावको पोस्टर, पम्प्लेट वितरण गर्दै चुनावी भाषणसमेत गरेको कक्षा १० मा अध्ययनरत एक विद्यार्थीले बताए । ‘दिउँसोको खाजा खाने समय थियो, हामी विद्यालयको प्रांगणमा खेलिरहेका थियौँ,’ ती विद्यार्थीले भने, ‘त्यसपछि उहाँहरू झट्टपट्ट आएर हामीहरूलाई विद्यालयको परिसरबाहिर ल्याउनुभयो अनि  पोस्टर–पम्प्लेट दिनुभयो र एमालेको सूर्य चिह्नमा भोट हाल्न बाबाआमालाई भन्नु है भन्दै  भाषण गर्नुभयो ।’ 

ओलीले त्यहाँ भाषण मात्रै गरिनन्, नाचगान पनि गरिन् । उनले ‘मलमलकिरी जुनकिरी’ बोलको गीत गाइन्, र सबै विद्यार्थीलाई समेत नचाइन् । विद्यार्थीसँगको फोटो कोमल वलीको सचिवालयले  सामाजिक सञ्जालबाट पनि सार्वजनिक गरेको थियो । तर, केही समयपछि ती फोटो डिलिट भएका थिए ।

यस विषयमा बुझ्न खोज्दा उम्मेदवार वली र बस्नेत दुवैजनासँग सम्पर्क हुन सकेन । उम्मेदवारसँग गएका एमालेका एकजना कार्यकर्ताले विद्यालय बिदा भएपछि कार्यक्रम भएको स्वीकार गरेका छन् । विद्यालयको अवस्था बुझ्न जाँदा विद्यार्थी विद्यालयमा भेटिएको र सानो कार्यक्रम गरिएको उनको भनाइ छ ।