मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १७ बिहीबार
  • Wednesday, 08 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक १७ बिहीबार ११:११:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रभु बैंकका ग्राहकले हार्नेस् जिपलाइनमा छुट पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक १७ बिहीबार ११:११:oo

प्रभु बैंक लिमिटेडका ग्राहकले पर्वतको कुश्मामा रहेको हार्नेस् जिपलाइनमा छुट पाउने भएका छन् । बैंक र हार्नेस कम्पनीबीच विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो । 

सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका ग्राहकले हार्नेस् जिपलाइनद्वारा सञ्चालित ट्यान्डम, सुपरम्यान एन्ड क्लासिक जिपलाइन सेवामा १० प्रतिशत छुट प्राप्त हुने जनाइएको छ ।

यसका लागि ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानल प्रयोग गरी भुक्तानी गर्नुपर्ने उल्लेख छ । सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुने बैंकले विश्वास व्यक्त गरेको छ । सम्झौतामा बैंकका गण्डकी प्रदेश इन्चार्ज राजु राना मगर र हार्नेस्का अध्यक्ष विदुर पौड्यालले हस्ताक्षर गरेका थिए ।