१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १o:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

क्यान महासंघका अध्यक्ष कुँवर ‘असोसियो’को उपाध्यक्षमा निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:१८:oo

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का अध्यक्ष नवराज कुँवर एसियन–ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (असोसियो) उपाध्यक्षमा निर्वाचित भएका छन् । कुँवर सन् ०२३/२४ कार्यकालका निम्ति उपाध्यक्षमा निर्वाचित भएका हुन् । 

सिंगापुरमा सम्पन्न असोसियोको वार्षिक साधारणसभामा भएको निर्वाचनबाट क्यान महासंघको प्रतिनिधित्व गर्दै कुँवर सो पदमा निर्वाचित भएको क्यान महासंघले जनाएको छ । यसअघि उनी सन् २०२२ को जनवरीदेखि क्यान महासंघबाट प्रतिनिधित्व गर्दै असोसियोको सहउपाध्यक्षको जिम्मेवारीमा थिए । कुँवर सन् २०१९ मा क्यान महासंघको अध्यक्षमा निर्वाचित भएका हुन् । 

कुँवर उपाध्यक्षमा निर्वाचित भएकोमा क्यान महासंघले सफल कार्यकालको कामना गरेको छ । साथै, असोसियोमा उनको प्रतिनिधित्वले बदलिँदो प्रविधि र डिजिटल अर्थतन्त्रमा सबैको पहुँच एवं सूचना तथा सञ्चार प्रविधिमार्फत समृद्ध नेपाल बनाउने क्यान महासंघको प्रयासमा मद्दत पुग्ने महासंघले विश्वास व्यक्त गरेको छ ।

 इन्फर्मेसन सर्भिस इन्डस्ट्री एसोसिएसन ताइवानका अध्यक्ष ब्रायन सेनको अध्यक्षतामा निर्वाचित नौसदस्यीय समितिमा नेपाललगायत जापान, थाइल्यान्ड, दक्षिण कोरिया, हङकङ, भियतनाम, मलेसिया र सिंगापुरका सूचना तथा सञ्चार प्रविधिसम्बन्धी काम गर्ने संगठित छाता संगठनका प्रतिनिधिहरू निर्वाचित भएको जनाइएको छ । एसिया प्रशान्त क्षेत्रका विभिन्न २४ देशमा रहेका सूचना तथा सञ्चार प्रविधिसम्बन्धी काम गर्ने संगठित छाता संगठनहरू सदस्य रहेको असोसियो सन् १९८४ मा जापानको राजधानी टोकियोमा स्थापना भएको हो । 

ad
ad