१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
कमलराज भट्ट काठमाडौं
२o८१ जेठ १३ आइतबार १९:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आचारसंहिता उल्लंघनमा पहिलो कारबाही, वडाध्यक्ष रिजाललाई जरिवाना

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १९:२७:oo

निर्वाचन आयोगले काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई आचारसंहिता उल्लंघनमा कारबाही गरेको छ। 
आयोगले निर्वाचन आयोग ऐनको दफा २३ को उपदफा (३) बमोजिम ५ हजार रुपैयाँ जरिवाना गरेको हो। 

१२ असोजबाट आचारसंहिता लागू भएपछि ७१ व्यक्ति तथा संस्थालाई स्पष्टीकरण सोधेको आयोगले उल्लंघनमा गरेको यो पहिलो कारबाही हो।
 
आफू बहाल रहेको स्थानीय तहमा कुनै पनि उम्मेदवार तथा दलको प्रचारमा सहभागी हुन नपाउने आचारसंहिताको प्रावधान उल्लंघन गर्दै रिजालले सामाजिक सञ्जालमा उम्मेदवारलाई भोट माग्दै जिताउन अपिल गरेको भिडियो प्रमाणका आधारमा आयोगले कारबाहीस्वरूप जरिवाना गरेको हो। 

कारबाहीअघि आयोगले सोधेको स्पष्टीकरणमा रिजालले कुनै पनि प्रचारप्रसारमा सहभागी नभएको जवाफ दिएका थिए।यस्तै, आयोगले करको दरमा छुट दिने गण्डकी प्रदेश सरकारको निर्णय आचारसंहिताविपरीत भन्दै २४ घण्टाभित्र बदर गर्न निर्देशन दिएको छ। 

गण्डकी प्रदेश सरकारले २७ असोजमा विभिन्न करका दरमा छुट दिने गरी राजपत्रमा सूचना प्रकाशित गरेको थियो। 

आचारसंहिता लागू भइसकेपछि करका दरमा छुट दिने नीतिगत निर्णय गर्दा निर्वाचनको स्वच्छता र निष्पक्षतामा असर पर्नुका साथै आचारसंहिता उल्लंघन गरेकाले निर्वाचन आयोग ऐनको दफा २३ को उपदफा (२) बमोजिम २४ घण्टाभित्र निर्णय बदर गरी यथाशक्य चाँडो निर्वाचन आयोगमा उपलब्ध गराउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निर्देशन गरिएको आयोगका सहायक प्रवक्ता गुरु वाग्लेले जानकारी दिए। 

करको दरमा छुट दिने निर्णय प्रक्रियामा संलग्न प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, आर्थिक मामिला तथा योजनामन्त्री, प्रमुख सचिव तथा आर्थिक मामिला मन्त्रालयका सचिवलाई आचारसंहिता उल्लंघनमा किन जरिवाना नगर्ने भनेर छुट्टाछुट्टै २४ घन्टे स्पष्टीकरणसमेत माग गरिएको छ।

ad
ad