मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १२ मंगलबार
  • Tuesday, 28 November, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक १५ मंगलबार १६:५०:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

करिश्माको गुनासो– बेस्ट नायिकाको अवार्ड पाइनँ, सधैँ मेकअपमा ध्यान दिनुपर्‍याे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक १५ मंगलबार १६:५०:००

अभिनेत्री करिश्मा मानन्धरले आफ्नो चलचित्र करिअरमा कहिल्यै उत्कृष्ट अभिनेत्रीको अवार्ड नपाएको बताएकी  छिन्। सोमबार काठमाडौंमा आयोजित चलचित्र ‘बगान’को गीत रिलिज कार्यक्रमा उनले करिअरको यति लामो यात्रामा पनि कहिल्यै उत्कृष्ट अभिनेत्रीको अवार्ड नपाएको भन्दै गुनासो गरेकी हुन्।

‘मैले कहिल्यै पनि बेस्ट एक्टर भनेर अवार्ड पाइनँ। मैले जहिले पनि मेकअप र लुगामा मात्रै ध्यान दिनुपर्ने बाध्यता रह्यो,’ उनले भनिन्। अभिनेत्री मानन्धरले चलचित्र ‘बगान’मा एउटी आमाको भूमिकामा अभिनय गर्न पाउँदा एकदमै राम्रो महसुस भएको बताइन्। उनी थप्छिन्, ‘बगानमा मैले त्यो पाएकी छु, जुन मैले अभिनय गर्न चाहेकी थिएँ। यो चलचित्रमा अभिनय गर्दा मैले एकपटक पनि ऐनामा हेर्नुपरेन। यसमा समाजको एकदमै गहन विषयवस्तु उठाइएको छ।’

अभिनेता सरोज खनालको डेब्यु निर्देशन रहेको चलचित्र फागुन १२ गते रिलिज हुनेछ। चलचित्रमा वसुन्धरा भुसाल, नीर शाह, मिथिला शर्मा, करिश्मा मानन्धर, सरोज खनाल, आकाश श्रेष्ठ, प्रमिला कार्कीलगायतको अभिनय रहेको छ।

चलचित्र ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन्।