नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ वेबसाइट सञ्चालनमा ल्याउने भएको छ । कात्तिक २७ गतेबाट नेप्सेले नयाँ वेबसाइट सञ्चालनमा ल्याउन लागेको हो ।यसका लागि नेप्सेले हालसम्म नट्सको लगइन आइडी र युजर आइडी नलिएका सूचीकृत कम्पनीहरूलाई सो आइडीहरू लिन आग्रह गरेको छ । नेप्सेले नयाँ वेबसाइट सञ्चालनमा ल्याउने भएकाले २५ गतेभित्र नट्सको लगइन आइडी र युजर आइडी लिन भनेको छ ।
सूचीकृत कम्पनीहरूको सूचना तथा विवरणहरू नयाँ वेबसाइटबाट मात्रै सार्वजनिक हुनाले नेप्सेको नट्सको लगइन र युजर आइडी अनिवार्य गरेको नेप्सेले जनाएको छ । कात्तिक २७ गतेबाट नेप्सेको नयाँ वेबसाइट पूर्ण रूपमा सञ्चालनमा आएपछि पुरानो वेबसाइटअन्तर्गतका सम्पूर्ण लगइन आइडी र युजर आइडी खारेज हुने नेप्सेका कामु सहायक प्रबन्धक भेषराज खनालले जानकारी दिए ।