मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ कार्तिक १५ मंगलबार ०९:००:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आजदेखि यू–१५ महिला साफ

Read Time : < 1 मिनेट
२०७९ कार्तिक १५ मंगलबार ०९:००:००

बंगलादेशमा आयोजना हुने यू–१५ महिला साफ च्याम्पियनसिप मंगलबारबाट ढाकामा सुरु हुँदै छ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली ढाका पुगिसकेको छ । नेपाली टोली उपाधि उचाल्ने योजनामा छ । नेपालले बिहीबार भुटानसँग खेल्दै प्रतियोगिताको सुरु गर्नेछ ।

प्रतियोगिताको पूर्वसन्ध्यामा सोमबार आयोजित प्रि–म्याच कन्फरेन्समा नेपाली टोलीका मुख्य प्रशिक्षक भगवती रानामगरले उपाधिका लागि तयार भएको प्रतिक्रिया दिएकी छिन् । ‘प्रतियोगितामा सहभागिता जनाउन पाउँदा खुसी छौँ, हामी प्रतिस्पर्धा गर्न तयार छौँ,’ रानामगरले भनिन्, ‘प्रतियोगितामा सहभागी सबै टोली बलिया छन्, हामी शारीरिक र मानसिक रूपमा तयार छौँ ।’ 

नेपालले प्रतियोगिताका लागि एक महिना तयारी गरेको उनले बताइन् । मुख्य प्रशिक्षक मगरले नेपाली खेलाडीले पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेलिरहेको बताइन् । ‘सबै खेलाडीले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न गइरहेका छन् । हामीलाई गर्मी मौसमले कठिन बनाउनेछ,’ उनले भनिन् ।