मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ कार्तिक १४ सोमबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक १४ सोमबार २o:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

त्रिविले चुनावका वेला एकसाता बिदा दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक १४ सोमबार २o:५५:oo

त्रिभुवन विश्वविद्यालयले चुनावको समयमा जाडो बिदा समायोजन गर्ने गरी लामो समय बिदा नदिने भएको छ। आगामी ४ मंसिरमा हुने चुनावलाई लक्षित गरेर जाडो बिदा दिने विषयमा छलफल भएपछि यसले लामो समयसम्म प्रभाव पार्ने भएकाले एकसाता बिदा दिने भएको हो। 
त्रिविका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले प्राध्यापकहरूसँगको छलफलमा चुनावमा लामो समय बिदा दिन नहुने सुझाब आएपछि एकसाता मात्र बिदा दिने योजनामा रहेको बताए। ‘चुनावको समयमा लामो बिदा दिँदा राम्रो सन्देश नजाने हुँदा त्यसो नगर्न प्राध्यापकहरूबाट सुझाब आयो,’ शिक्षाध्यक्ष भुसालले भने, ‘अहिले स्नातक तहमा भर्नासमेत चलिरहेको छ। त्रिविका कार्यालयमा समेत मतदान केन्द्र रहन्छन्। कतै पढाइ गर्ने र कतै नगर्ने ठीक नहुने भएकाले एक साताजति बिदा गर्छौं।’ 

प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँएसँगै कतिपय विद्यार्थी प्रचारप्रसारमा लागेका छन्। त्यस्ता विद्यार्थीहरूले चुनावको समयमै जाडो बिदा दिन आग्रह गरेका थिए भने प्राध्यापकहरूले जाडोको समयमै जाडो बिदा दिनुपर्ने अडान राखेका थिए। यस्तोमा त्रिविका पदाधिकारी प्राध्यापकलगायतसँग छलफल गरी मंसिर सुरुमै जाडो बिदा नगर्ने पक्षमा पुगेका हुन्। प्रदेश र प्रतिनिधिसभा निर्वाचन ४ मंसिरमा हुँदै छ। त्रिविले १५ पुसपछि मात्र जाडो बिदा दिने गरेको छ।