मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक १३ आइतबार
  • Saturday, 12 July, 2025
सौरभ यादव राजविराज
२o७९ कार्तिक १३ आइतबार १८:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

छठ पर्वले मधेश, पहाड र हिमाललाई जोडेको छ : उपेन्द्र यादव 

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o७९ कार्तिक १३ आइतबार १८:५६:oo

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले छठ पर्वले मधेश, पहाड र हिमाललाई सांस्कृतिक र भाइचाराको सम्बन्धमा जोडेको बताएका छन्।

सप्तरीको प्रतिनधिसभा क्षेत्र नम्बर २ बाट सदस्यका प्रत्यासीसमेत रहेका उनले आइतबार राजविराजस्थित विभिन्न पोखरीका छठघाटमा पुगेर देशको एकता एवं समृद्धिको कामना गरेका हुन्। 

मधेशबाट मनाउन थालिएको छठ राष्ट्रिय पर्वको रूपमा विकास भएकोमा खुसी व्यक्त गर्दै उनले भने, ‘छठ पर्वले मधेश, पहाड र हिमाललाई सांस्कृतिक र भाइचाराको सम्बन्धमा जोडेको छ, यो सम्पूर्ण नेपाली जनताको लागि खुसीको कुरा हो।’

मधेशबाट सुरु भएको छठ पर्वजस्तै जनता समाजवादी पार्टी देशैभर फैलिएको बताउँदै उनले आगामी निर्वाचनमा जसपासमेत मधेश, पहाड र हिमालको साझा एवं राष्ट्रिय पार्टी बन्ने विश्वास व्यक्त गरे। 

मधेश र मधेशी शब्द स्थापित हुनु, मधेश प्रदेश बन्नु र मधेशी जनताले आफूलाई गर्वका साथ मधेश प्रदेशको वासिन्दा भन्न पाउनु तत्कालीन मधेशी जनअधिकार फोरम हुँदै हालको आफूले नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपालको सफलता भएको भनी जसपा अध्यक्ष यादवले संक्षिप्त प्रतिक्रिया दिएका छन्। 

संघीयता विफल पार्न र उपेक्षित उत्पीडित समुदायको पहिचान खोस्ने प्रयास भइरहेकोले यसपालि जसपाका उम्मेदवारहरूलाई जिताएर संघीयता, पहिचान, स्वाभिमान र समानता पक्षधरहरूले आफ्नो ताकत देखाउनसमेत उनले आह्वान गरे। सम्पूर्ण नेपाली जनताको सुख, समृद्धि एवं कल्याणका लागि छठी मातासँग कामना गर्दै अध्यक्ष यादवले शुभकामना व्यक्त गरे।