१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o८:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

हुम्लाकाे लिमीमा बाक्लाे हिउँ, निर्वाचन सामग्री पुर्‍याउन कठिन (तस्बिरसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:५६:oo

हुम्लाकाे लिमीमा बाक्लाे हिउँ जमेकाेले यातायात सेवा ठप्प छ। नाम्खा गाउँपालिका-६ का वडाध्यक्ष पाल्जोर तामाङ हिउँ छिचोल्दै वडा कार्यालय लिमी पुगेका छन्। ५ हजार २ सय मिटर उचाइमा रहेको न्यालु लेक पार गरी सकसपूर्ण रूपमा हिउँ छिचोल्दै उनी पैदल लिमी पुगेका हुन्। अहिले यस क्षेत्रमा तीन फिट हिउँ जमेपछि आवतजावतमा समस्या भएको नाम्खा गाउँपालिका- ६ का वडाध्यक्ष तामाङले जानकारी दिए। 

गत असोज १९ गतेदेखि २४ गतेसम्म परेको हिमपातले न्यालु लेक आवतजावत बन्द भएको वडाध्यक्ष तामाङले बताए। चारजनाको टोली हिउँ छिचोल्दै लिमी पुगेको वडाध्यक्ष तामाङको भनाइ छ। सदरमुकाम सिमकोटदेखि पाँच दिनको पैदल यात्रापछि सकसका साथ लिमी पुगेको वडाध्यक्ष तामाङले नयाँ पत्रिकालाई जानकारी दिए। 

न्यालु लेकमा बाक्लो हिउँ जमेकाेले अहिले यातायात सेवा अवरुद्ध छ। आगामी निर्वाचनमा खटिने कर्मचारीलाई यस क्षेत्रमा पैदल पुग्न सकस पुग्ने बताउँदै वडाध्यक्ष तामाङले भने, 'बाक्लो हिउँका कारण कर्मचारी मात्र होइन निर्वाचन सामग्री पुर्‍याउन पनि कठिन हुने देखिन्छ।' तर, यहाँ अहिलेसम्म निर्वाचन सामग्री ढुवानी सुरु भएको छैन।

न्यालु लेकमा जमेको बाक्लो हिउँका केही तस्बिर :






तस्बिर सौजन्य : वडाध्यक्ष पाल्जोर तामाङ
 

ad
ad