१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १० बिहीबार
  • Friday, 21 June, 2024
२o७९ कार्तिक १० बिहीबार १९:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

वरिष्ठ पत्रकार पाण्डेको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १० बिहीबार १९:३८:oo

वरिष्ठ पत्रकार, शिक्षासेवी कौशल पाण्डेको निधन भएको छ। हेटौँडा उपमहानगरपालिका– ४ कमलडाँडास्थित निवासमा बुधबार अपराह्न उनको निधन भएको हो। 

७५ वर्षका पाण्डेको लिभर सिरोसीको कारण केही महिनाअघि शल्यक्रिया गरिएको थियो। परिवारका अनुसार पछिल्लो केही सातादेखि स्वास्थ्यावस्था जटिल बनेको थियो। 

उनी नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका पूर्वअध्यक्ष थिए भने श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका अध्यक्ष थिए। उनको भोलि बिहान ८ बजे अन्त्येष्टि गरिने पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले जानकारी दिए। 

मकवानपुरको पत्रकारिता विकासमा पाण्डेको विशेष योगदान रहेको थियो। उनले सधैँ शासनबाट उत्पीडनमा पारिएकाहरूको पक्षमा कमल चलाउँदै आएका थिए। उनी शिक्षण पेसामा पनि आवद्ध थिए। हेटौँडाको आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा लामो समय अध्यापन गरेका पाण्डे त्यहाँबाट अवकास पाएपछि पूर्ण रूपमा पत्रकारितामा सक्रिय थिए। 

उनको प्रकाशन सम्पादनमा मकवानपुरको पुरानोमध्येको एक ‘प्रयास अर्धसाप्ताहिक’ प्रकाशन हुँदै आएको छ। 

ad
ad
ad
ad