मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक ७ सोमबार
  • Friday, 11 July, 2025
फाइल तस्बिर
२o७९ कार्तिक ७ सोमबार १३:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विगतका तिता कुरा बिर्सिएर सत्तागठबन्धनलाई जिताउनुपर्छ : बाबुराम भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक ७ सोमबार १३:४६:oo

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले विगतका तिता कुरा बिर्सिएर सत्तागठबन्धनका साझा उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताएका छन्। सोमबार गठबन्धनले आयोजना गरेको बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले यस्तो बताएका हुन्।

नेपालको सन्दर्भमा आफ्नै मौलिक विकासलाई प्राथमिकता दिनुपर्ने भन्दै उनले बजार र राज्यको सन्तुलित भूमिका भएको मिश्रित प्रकारको विकासको मोडेल आवश्यक रहेको औँल्याए। आफूहरूको गठबन्धनलाई कतिपयले अपवित्र भने पनि सो नै सबैभन्दा पवित्र गठबन्धन भएको भट्टराईको दाबी छ।