Skip This
स्वदेशमै स्वरोजगार मनोज : राजनीतिसँगै उद्यमशीलता पनि
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार १३:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

स्वदेशमै स्वरोजगार मनोज : राजनीतिसँगै उद्यमशीलता पनि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १३:५o:oo

चन्दननाथ नगरपालिका– ५ कालेखोलीका मनोज बुढाथोकी मगर उद्यमीभन्दा पहिले राजनीतिकर्मी हुन्। विद्यार्थी जीवनदेखि राजनीति गर्दै आएका मनोजले ०७४ सालदेखि स्वदेशमै स्वरोजगार खोज्दै उद्यम गर्न थाले। उनले एम्स एग्रिकल्चर रिसर्च सेन्टर सञ्चालन गरेका छन्। एउटै रिसर्च सेन्टरमार्फत उनले धेरै उद्यमशील काम गर्दै आएका छन्।

इँटा उत्पादन, ग्रिल निर्माण, कुटानीपिसानी मिल, व्यावसायिक बङ्गुरपालनसहित बोर्डिङ स्कुलसमेत उनले सञ्चालन गरेका छन्। यिनै उद्यमशीलतामध्ये एक हो– बङ्गुरपालन। मनोजले व्यावसायिक बङ्गुरपालन गरेर बजारको फोहोरबाट मोहोर कमाइरहेका छन्। आर्थिक समृद्धि, रोजगारी सिर्जना र फोहोर व्यवस्थापनको दिगो लक्ष्य राखी एक वर्ष अघिदेखि ६ लाख रुपैयाँ लगानीमा उनले बङ्गुरपालन सुरु गरेका हुन्।

एम्स एग्रिकल्चर रिसर्च सेन्टरबाट व्यवसाय सुरु गर्दा मनोजले तीनवटा बङ्गुर पालेका थिए। अहिले ४५ वटा पुगेका छन्। बहुउद्देश्यीय लक्ष्यले बङ्गुरपालन सुरु गरिएको उनले बताए। बजारमा फोहोर बढ्दै गएपछि चन्दननाथ नगरपालिकालाई व्यवस्थापनको समस्या पनि उत्तिकै छ। तर बङ्गुर पालेर बजारको फोहोरलाई मनोजले मोहोर बनाइरहेका छन्।

बङ्गुर फर्म आसपासको जग्गा लिजमा लिएर व्यावसायिक तरकारी खेती गर्ने र बङ्गुरको दिसालाई मलका रूपमा प्रयोग गर्ने उनको योजना छ। ‘बजारको फोहोर खुवाउने, दिसालाई मलका रूपमा प्रयोग गरी तरकारी खेती गर्ने बहुउद्देश्यीय लक्ष्य सफलताउन्मुख छ,’ उनले भने।

मनोजले दैनिक बजारको झन्डै ३ क्विन्टल कुहिने फोहोर संकलन गरी बङ्गुरको दानाको रूपमा प्रयोग गरिरहेका छन्। बङ्गुरको दानाका लागि उनले व्यक्तिगत रूपमा फोहोर उठाउँदा पछिल्लो समय बजारको फोहोर कम हुँदै गएको छ। चाँडै जुम्लामा बङ्गुरको प्याकेजिङ मासु बिक्री गर्ने तयारीसमेत भइरहेको उनको भनाइ छ। उनले भने, ‘बङ्गुरपालन एकातिर उद्यमशीलता, रोजगारी सिर्जना र आर्थिक आम्दानी गर्नुका साथै अर्कोतिर फोहोरको दीर्घकालीन व्यवस्थापनको समेत उत्तम विकल्प हो।’

यीसहित अन्य उद्यमबाट मनोजले ७० जनालाई प्रत्यक्ष रोजगारी दिएका छन्।  राजनीतिसँगै उद्यममा सक्रिय र सफल बन्दै गएका मनोजले आर्थिक समृद्धिका लागि उत्पादन वृद्धि र उद्यमशीलतामा जोड दिएका छन्। उद्यमशीलतामा लगानी बढाए अबको २० वर्षपछि जुम्ला मात्र नभई मुलुक नै आत्मनिर्भर हुने उनको विश्वास छ।

ad
ad