१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १६:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

मेची भन्सारद्वारा ११ अर्ब ३२ करोड राजस्व संकलन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १६:२३:oo

मेची भन्सार कार्यालय काँकडभिट्टाले चालू आर्थिक वर्षको हालसम्म ११ अर्ब ३२ करोड ४४ लाख ९३ हजारभन्दा बढी राजस्व संकलन गरेको छ। 

भन्सार अधिकृत रामप्रसाद ढुंगानाले चालू आव ०८०/८१ को चैत मसान्तसम्ममा रु. ३२ अर्ब २६ करोड ५८ लाख ४७ हजारबराबरको सामान आयात हुँदा रु. १८ अर्ब ५९ करोड एक लाख ७२ हजारबराबरको मालसमान निर्यात भएको जानकारी दिए। उनले अघिल्लो आ.व. ०७९/८० को सोही अवधिको तुलनामा आयात ८.४५ प्रतिशतले ऋणात्मक हुँदा निर्यात भने १५.९६ प्रतिशतले बढेको बताए। 

काँकडभिट्टा नाकाबाट आयात हुने मुख्य वस्तुहरूमा पेट्रोल, डिजेल, जुट र जुटबाट बनेका सामान, एलपी ग्यास, तरकारीहरू, जिप्सम, कपडा, फलफूल (जुससमेत)लगायत छन्। 

यस्तै, निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, फलामको पाता, प्लाइउड, चिया, कुकुर वा बिरालोको खाना, छुर्पी, अम्रिसो, अदुवा, सुठो, धातुका अन्य अवशेष, भेनियस सिट, क्लिंकरलगायतका रहेका भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ। 

ad
ad