मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ५ शनिबार
  • Friday, 10 January, 2025
शिवहरि घिमिरे नयाँ पत्रिका
२o७९ कार्तिक ५ शनिबार o९:४२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ललितपुर २ : शीर्ष दलका उम्मेदवारलाई स्वतन्त्रको चुनौती

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, नयाँ पत्रिका
नयाँ पत्रिका
२o७९ कार्तिक ५ शनिबार o९:४२:oo

भूगोलको हिसाबले ललितपुर क्षेत्र नम्बर २ काँठ र सहरी इलाकामा पर्छ । यो क्षेत्र कला संस्कृति, विकास र पूर्वाधारका हिसाबले तुलनात्मक रूपमा केही अगाडि छ । तर, खानेपानी र यातायातको सुविधामा भने सहरी क्षेत्र भएर पनि कमजोर छन् । 

ललितपुर २ मा महालक्ष्मी नगरपालिका सिंगो र ललितपुर महानगरपालिकाको नौवटा वडा पर्छन् । रिङरोडबाहिर पर्ने महालक्ष्मी नगरपालिकाको मुख्य समस्या भनेको खानेपानी र यातायात नै हो । गोदावरी नगरपालिकाले केही क्षेत्रमा गोदावरी खोलाको पानी वितरण गरे पनि महालक्ष्मीमा भने ट्यांकर र जारकै पानीमा भर पर्नुपर्ने अवस्था छ । महालक्ष्मी र महानगरभित्र पर्ने मनोहरा–कर्मनासा करिडोर निर्माण पूरा हुन सकेको छैन । पर्यटकीय गन्तव्य लाकुरीभन्ज्याङतर्फको सडक पनि अस्तव्यस्त छ । ललितपुर २ मा एमालेका प्रेम महर्जन, नेकपा एसका कृष्णलाल महर्जन, राप्रपाका रघुवरराज थापा र स्वतन्त्र उम्मेदवार डा. दिपेश केसी चुनावी मैदानमा छन् । 

महर्जनले आफू निर्वाचित भए यस क्षेत्रको यातायात र खानेपानीको समस्या समाधानलाई प्राथमिकतामा राख्ने बताए । उनले यस क्षेत्रमा नयाँ सहरी योजना पनि आवश्यक रहेको बताए । 

२ नम्बर क्षेत्रमा यसपटक पनि प्रमुख दलकै उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यद्यपि, नयाँ अनुहार नभएका भने होइनन् । यस क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका डा. दिपेश केसीले राजनीतिक दलको झन्डा बोकेर आएकाहरू विगतमा आफ्नो स्वार्थमा लाग्दा विकास निर्माणका काम प्रभावकारी नभएको टिप्पणी गरे । ‘यो क्षेत्रमा खानेपानीको समस्या छ । लागुऔषध र दुव्र्यसनीमा युवाहरू फसेका छन् ।’ उनले भने, ‘यहाँका कृषियोग्य जमिन खण्डहर भएका छन् । युवाहरू बेरोजगार छन् । म निर्वाचित भए यी सबै समस्या समाधान गर्नेछु ।’

कुल मतदाता संख्या ८१,८९७
- अघिल्लोपटक निर्वाचित– कृष्णलाल महर्जन (एमाले–२७,७१३ मत), निकटतम प्रतिस्पर्धी, चन्द्र महर्जन, (नेका– १८,९४५ मत) 
- गत स्थानीय तह निर्वाचनको परिणाम– ललितपुर महानगरपालिका– कांग्रेसका चिरिबाबु महर्जन ४२,७२२ मत, एमालेका हरिकृष्ण व्यञ्जनकार २४,५६० मत ।
- महालक्ष्मी नपा– एमालेका हरिगोविन्द श्रेष्ठ ९,३५० मत, माओवादी केन्द्रका शिव कट्टेल ५,६५८ मत ।
- ३९ मतदानस्थल, ९३ केन्द्र ।