मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक ४ शुक्रबार ०६:३६:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

डेंगु संक्रमणबाट मृत्यु हुने ५१ पुगे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक ४ शुक्रबार ०६:३६:००

डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार साउनयता फैलिएको डेंगुबाट ४२ हजार पाँच सय चारजना संक्रमित हुँदा ५१ को मृत्यु भएको हो । तथ्यांकअनुसार संक्रमण पुष्टि हुनेमध्ये करिब ८५ प्रतिशत १० जिल्लाका छन् । डेंगुबाट बढी प्रभावित जिल्ला काठमाडौं, ललितपुर, मकवानपुर, भक्तपुर, दाङ, चितवन, रुपन्देही, धादिङ, काभ्रेपलाञ्चोक र सुर्खेत हुन् । 

एकैदिन ५३ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घन्टामा थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार पाँच सय ७१ नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै, बिहीबार ५१ जना संक्रमणमुक्त भई घर फर्किएका छन् । संक्रमणमुक्त हुने यो दर ९८.७ प्रतिशत रहेको हो । सक्रिय संक्रमित संख्या सात सय २७ जना पुगेको छ । सो अवधिमा १५ हजार तीन सय ५९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।