१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
पुष्प खड्का
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार १o:३८:oo
Read Time : > 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

अभिनेता पुष्प खड्काको नजरमा कुन अभिनेत्री कस्ता ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १o:३८:oo

मिलनसार साम्राज्ञी, बौद्धिक केकी

अभिनेता पुष्प खड्का सिनेमा र म्युजिक भिडियो दुवैमा उत्तिकै जमेका छन् । आफ्नो करिअरका दौरान उनले धेरै चर्चित अभिनेत्रीहरूसँग स्क्रिन सेयर गरिसकेका छन् । रोमान्टिक र शालिन अभिनेताको छवि बनाएका पुष्पको नजरमा कुन अभिनेत्री कस्ता छन् त ?

पूजा शर्मा 
मेरो पहिलो सिनेमा ‘अझै पनि’ हो । यसमा पूजा शर्मासँग काम गरेको थिएँ । यस फिल्ममा उनी मुख्य नायिका थिइन् ।  म सहायक भूमिकामा थिएँ । पूजाले त्यतिवेला काममा देखाएको सक्रियताले मलाई प्रभावित गरेको छ । 

साम्राज्ञी राज्यलक्ष्मी शाह 
साम्रज्ञीसँग मैले ‘मारुनी’सहित तीनवटा फिल्ममा स्क्रिन सेयर गरेको छु । उनको फिगर मन पर्छ । पर्सनालिटी पनि बोल्ड छ । नेपाली चलचित्र उद्योगले पाएका राम्री नायिकामध्ये उनी एक हुन् भन्ने मेरो बुझाइ छ । उनी निकै मिलानसार छिन् । उनीसँग नयाँ काम गर्ने जोस र जाँगर छ । 

वर्षा राउत 
वर्षासँग धेरै म्युजिक भिडियोमा काम गरेको छु । उनीसँग काम गर्दा धेरै रमाइलो हुन्छ । काम गर्दा जिस्कने उनको स्वभाव छ, जसले वातावरण नै रमाइलो बनाइदिन्छ । काम गरेजस्तो अनुभव नै हुँदैन । उनी फ्र्यांक छिन् । अनुहार सधैँ हँसिलो हुन्छ । हाँसेरै जिम्मेवारी निर्वाह गर्न सक्ने खुबी उनमा छ ।

केकी अधिकारी
मेरो करिअरको सेकेन्ड म्युजिक भिडियो केकीसँग थियो । यसपछि पनि धेरै म्युजिक भिडियोमा हामीले एकसाथ काम गर्‍यौँ । उनी बौद्धिक हिरोइन हुन् । पहिलोपटक उनीसँग स्क्रिन सेयर गर्दा म हल्का नर्भस नै भएको थिएँ । तर, उनले मलाई त्यतिवेला गाइड गरिन् । को–एक्टरलाई सपोर्ट गर्ने उनको स्वभाव छ । टिममा मिलेर काम गरौँ भन्ने भावना छ । बोल्ड व्यक्तित्व छ, क्युट छिन् र एक्सप्रेसन पनि राम्रो छ । उनको सबै कुरा मन पर्छ । 

वर्षा सिवाकोटी
‘मनसँग मन’  फिल्ममा हामीले स्क्रिन सेयर गर्‍यौँ । उनी राम्रो कलाकार हुन् । रिजर्भ बस्ने बानी छ । नजिक भएकाहरूसँग चाहिँ राम्रोसँग बोल्छिन् । उनी सक्रिय रहन रुचाउने अभिनेत्री हुन् । कामप्रति लगाव छ ।

श्रद्धा क्षेत्री 
कृष्णलीलामा हामीले एकसाथ काम गर्‍यौँ । यसक्रममा हामी निकै क्लोज भयौँ । उनीसँग यो क्षेत्रमा राम्रो काम गर्नुपर्छ भन्ने इनर्जी छ । उनको मनोविज्ञान र स्वभावलाई मैले नजिकबाट नियालेको छु । उनले सिनेमामा अझै सिक्न धेरै बाँकी छ । तर, उनमा नयाँ काम गर्ने भोक छ । वातावरणलाई सहज र राम्रो बनाउन सक्ने स्वभाव छ । मिलनसार छिन् । बोल्ड, ग्ल्यामरस र क्युट पनि छिन् । 

ad
ad