१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ कार्तिक १ मंगलबार २१:४६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भतिजलाई गोली हानेर पूर्वसशस्त्र प्रहरीले आत्महत्या

Read Time : < 1 मिनेट
२०७९ कार्तिक १ मंगलबार २१:४६:००

भतिजलाई गोली हानेको केहीबेरमै आफैँलाई गोली हानेर झापामा एकजनाले आत्महत्या गरेका छन् । मृत्यु हुनेमा गौरादह– ८ का वीरन साह छन् । 

इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी दिलीप गिरीले सुरुमा भतिज हेमराजलाई गोली हानेपछि वीरनले आफैँलाई गोली हानेर आत्महत्या गरेको जानकारी दिए । 
भतिज हेमराजलाई उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल भर्ना गरिएको छ । घटनाको विस्तृत विवरण खुलेको छैन ।  

‘भतिजलाई गोली हानेर घाइते बनाएपछि करिब ५० मिटर भागेका वीरनले आफूलाई गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ,’ डिएसपी गिरीले नयाँ पत्रिकासँग भने ।