१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १४:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

आइटिएफ तेक्वान्दोमा प्रदेश १ ले जित्यो पहिलो स्वर्ण पदक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:o२:oo

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बाग्लुङमा सञ्चालित आइटिएफको मंगलबारको खेलमा प्रदेश १ ले स्वर्ण पदक जितेको छ। १८ स्वर्ण पदकको फाइनल भइसक्दा प्रदेश १ ले पहिलो स्वर्ण हात पारेको हो।

मंगलबार बिहान भएका दुई खेलमध्ये पहिलो खेलको ५१–५५ केजी तौल समूहमा प्रदेश १ की कुसुम राजवंशीले स्वर्ण पदक जितेकी हुन्। राजवंशीको अगाडि गण्डकीकी हिसिला अदै टिक्न सकिनन्। अग्लो कदको फाइदा उठाएर राजवंशीले अदैलाई पराजित गरिन्। उक्त खेलमा आर्मीकी रिना धिमाल र नेपाल प्रहरीकी सजनाकुमारी घर्तीले कांस्य पदक जिते।

मंगलबारकै दोस्रो खेलमा ४०–४५ केजी तौल समूहमा गण्डकी प्रदेशकी सुनिता भण्डारीले स्वर्ण पदक जितिन्। सेमिफाइनलको यात्रा तय गर्दा घाइते भएकी भण्डारीले फाइनलमा राम्रो खेल प्रदर्शन गरिन्। दुईपटकसम्म घाइते भएर प्राथमिक उपचारपछि भण्डारी मैदान प्रवेश गरेकी थिइन्। उनले बागमतीकी सुस्मिता तामाङलाई पराजित गरिन्। तामाङले रजत पदकमा चित्त बुझाइन्। उक्त खेलमा नेपाल प्रहरीकी मनीषा घर्तीमगर र सशस्त्र प्रहरीकी लीलाकुमारी सापकोटाले कांस्य पदक जिते।

अहिलेसम्म फाइनल भएका १८ स्वर्ण, १८ रजत र १० कांस्य पदकमध्ये आर्मीले आठ स्वर्ण‚ चार रजत र एक कांस्य गरी १३ पदक जितेर सबैभन्दा अगाडि छ। बागमतीले पाँच स्वर्ण र एक रजत गरी ६ पदक तथा गण्डकीले चार स्वर्ण पाँच रजत गरी नाै पदक जितेको छ। प्रदेश १ ले एक स्वर्ण र दुई रजत पदक मात्र हात पार्न सफल भएको छ।

नेपाल प्रहरीले पनि एक कांस्य पदकमा चित्त बुझाएको छ। लुम्बिनी प्रदेशले चार रजत र चार कांस्य, कर्णालीले एक रजत र एक कांस्य तथा सशस्त्रले एक रजत र तीन कांस्य पदक जितेका छन्।

ad
ad