१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
सौरभ यादव राजविराज
२o८१ जेठ ४ शुक्रबार १६:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मुख्यमन्त्रीलाई अग्निपीडितको प्रश्न- हामी कसरी बाँच्ने ?

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १६:३४:oo

मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई महादेवा गाउँपालिका–१ चिम्टीका अग्निपीडितहरूले आफूहरू कसरी बाँच्ने भन्दै प्रश्न गरेका छन्।‌ अग्निपीडितलाई भेट्न बिहीबार घटनास्थल पुगेका मुख्यमन्त्रीलाई स्थानीय करयाहीदेवी सदाले प्रश्न गरेकी हुन्। 

उनले लगाएकाे लुगाबाहेक आफूहरूसँग केही नभएकाे भन्दै मुख्यमन्त्री यादवसँग भनिन्, ‘आगोमा सबै थोक जल्यो। बस्न घर रहेन। खान अन्न छैन। अब कसरी जीवन चल्छ? कसरी बाँच्ने हामी?’  

त्यस्तै, त्यहाँका सोनियावती सदाले पनि मुख्यमन्त्रीसँग आफ्नो दु:खेसो पोखिन्। ‘साना-साना बच्चाहरू छन्। उनीहरूलाई कहाँ राख्ने? के खाने? एक त गरिबको जीवन, त्यसमा पनि यो समस्या आइलाग्याे। हामीहरूलाई त विपतले चारैतिरबाट घेरी दिएको छ।’

अग्निपीडितको स्थलगत निरीक्षण पुगेका मुख्यमन्त्रीले छुट्टै उनीहरूको घर बनाइदिने प्रतिबद्धता जनाए। उनले भने, ‘प्रदेश सरकार सुखदुःखमा तपाईंहरूको साथमा छ। तत्काल निर्णय गरेर प्रदेश सरकारले यहाँ आगोमा जति घर जलेको छ, त्यति घर बनाइदिनेछ।’

 

ad
ad