१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १ मंगलबार
  • Tuesday, 01 October, 2024
२o७९ कार्तिक १ मंगलबार १३:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जहाज टिकटमा नागरिकलाई सास्ती, नेतालाई मस्ती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १ मंगलबार १३:१९:oo

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाका नागरिकलाई जहाज टिकट पाउन सास्ती छ। सिमकोट गाउँपालिका– ७ पाङ्लाथुङकी २४ वर्षीया पवित्रा सिंह शाहीले पाँच दिन कुरेपछि बल्ला नेपालगन्जका लागि टिकट पाइन्। 

बिरामी परेर थला परेकी उनलाई जिल्ला अस्पताल हुम्लाले अन्यत्र रेफर गरेको थियो। सबैतिर भौँतारिएपछि बल्लबल्ल प्रमुख जिल्ला अधिकारी सीता परियार र डिएसपी कृष्णराज ओझाको पहलमा जहाजको टिकट पाएपछि पाँच दिनपछि उपचारका लागि नेपालगन्ज झरिन्।

सर्केगाड गाउँपालिका– ७ की पवित्रा शाहीले चार दिनदेखि उच्च रतस्रावका कारण सुत्केरी हुन नसकेर अकालमै ज्यान गुमाइन्। हवाई टिकटमा पहुँच नहुँदा समयमा उपचार नपाएर उनको अकालमै ज्यान गयो।

उनीहरू दुईजना प्रतिनिधि पात्र मात्रै हुन्। दसैँ–तिहारजस्ता चाडपर्व मनाउन विभिन्न सहरबाट घर फर्कने यात्रु टिकट नपाएर बर्सेनि अलपत्र पर्छन्। यो दसैँमा पनि टिकट नपाएरै हुम्लीहरू नेपालगन्ज र सुर्खेतका एयरपोर्टमा अलपत्र परे। बर्सेनि एउटै समस्या भोग्नुपर्ने बाध्यताबीच चुनावको वेला नेताहरू भोट माग्न आउँदा स्थानीयहरू नेतासँग आक्रोशित छन्।

नेतालाई छैन समस्या
कर्णालीका मन्त्री र नेताहरूलाई भने हवाई टिकटमा कुनै समस्या छैन। प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई हुम्ला जानुपर्दा निजी क्षेत्रको समिट एयर जतासुकै भए पनि भनेकै ठाउँमा पुग्छ। 

नेकपा एमालेका छक्कबहादुर लामा, दल रावललगायतका लागि सीता एयर पुग्छ। नेताहरूका आडमा निजी एयरलाइन्स तयारी अवस्थामा हुने भए पनि हुम्लीको पीडाबारे नेताहरूलाई चासो हुँदैन।

चुनावी माहोल सुरु भएकै वेला पनि मुख्यमन्त्री शाहीलाई हुम्ला लिएर समिट एयरले उडान भर्‍याे भने एमालेका छक्कबहादुर लामालाई लिएर सीता एयरको विमान हुम्ला पुग्यो।