१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १ मंगलबार
  • Wednesday, 26 June, 2024
मुकुन भुसाल, अभिनेता 
नयाँ पत्रिका काठमाडाैं
२o७९ कार्तिक १ मंगलबार १o:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
साहित्य प्रिन्ट संस्करण

पागल बस्तीले अलग दुनियाँमा पुर्‍यायो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ कार्तिक १ मंगलबार १o:४९:oo

पुस्तक वार्ता

पछिल्लो समय मैले पढेको पुस्तक सरुभक्तको ‘पागल बस्ती’ हो । यो पुस्तक पढ्न पाइरहेको थिइनँ । केही समयअघि मात्रै पढेर सकेँ । यो पुस्तक पढ्दा एउटा अलग दुनियाँमा पुगियो । निकै आनन्द आयो । 

मलाई प्रायः फिक्सन पढ्न मन लाग्छ । मेरो आफ्नो छनोटभन्दा पनि साथीहरूको सिफारिसमा पुस्तक पढिरहेको हुन्छु । धेरै पुस्तक पढ्ने बानी नभए पनि चाख लागेका र समीक्षा राम्रो पाएका पुस्तक किनेरै पढ्छु । कृष्ण धरावासीको राधा उपन्यासले पनि मलाई प्रभाव पारेको थियो । सरस्वती प्रतीक्षाको उपन्यास ‘नथिया’ पनि निकै मन परेको थियो । 

भारतमा अध्ययन गर्दा फुर्सदको समय नेपाली पुस्तक धेरै पढेँ । त्यसवेला पढ्ने ट्रेन्ड पनि थियो । बजारमा पुस्तक आउँदा साथीहरूबीच हल्लाखल्ला हुन्थ्यो । पछिल्लो समय फिल्म अभिनयमा व्यस्त भएपछि पढ्ने समय मिलिरहेको छैन । फुर्सद मिलेसम्म पुस्तक पढिरहेको हुन्छ । पुस्तक पढ्न थालेपछि नसकेसम्म छाड्न मन लाग्दैन । प्रायः एकै बसाइमा पढ्ने गर्छु । 

नीलम कार्की निहारिकाको ‘योगमाया’, नगेन्द्र न्यौपानेको ‘दरबारबाहिरकी महारानी’ लगायत पढ्न मन लागेका पुस्तकका लामै लिस्ट छ । यी पुस्तक अब चाँडै पढ्ने योजना बनाएको छु । 

ad
ad
ad
ad