१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ३० आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज ३० आइतबार १८:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज ३० आइतबार १८:१o:oo

सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्यका लागि रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका एकीकृत समाजवादीका राजु गरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। 

न्यायाधीश विश्वम्भर श्रेष्ठले आज त्यसमाथि अल्पकालीन अन्तरिम आदेश दिएका हुन्। श्रेष्ठको इजलासले अन्तरिम आदेश जारी हुने नहुने सम्बन्धमा छलफल गर्न २ कात्तिकमा पेसी तोकी दुवै पक्षलाई बोलाएको छ। साथै, उम्मेदवारी खारेज गर्ने निर्णयका सक्कल फाइलहरूसहित उपस्थित हुन निर्वाचन आयोगलाई आदेश दिएको छ। 

निर्वाचन आयोगले बैंकिङ कसुरसम्बन्धी मुद्दामा अदालतले सजाय तोकेका गुरुङको उम्मेदवारी खारेज गरेको थियो। उनी सत्तागठबन्धनबाट उम्मेदवारी दिएका थिए। आयोगले उम्मेदवारी खारेजी गरेपछि गुरुङले सर्वोच्च अदालतमा आयोगको फैसला त्रुटिपूर्ण रहेको भन्दै खारेजी माग्दै रिट दिएका थिए। 

आयोगले राजुसँगै अन्य दुईजना स्वतन्त्र उम्मेदवारको मनोनयनसमेत खारेज गरेको थियो। खारेजीमा परेका डा. कमल भुसालको पनि रिट सोही इजलासमा सुनुवाइका लागि तोकिए पनि हेर्न नभ्याइनेमा परेको छ।