१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २९ शनिबार
  • Wednesday, 26 June, 2024
एजेन्सी
२o७९ असोज २९ शनिबार o८:१७:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

फिफा विश्वकप : चोटबाट फर्कन संघर्ष गर्नेको लर्को

Read Time : > 2 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o७९ असोज २९ शनिबार o८:१७:oo

फिफा विश्वकप फुटबल प्रतियोगिताको पर्खाइ अर्काे महिना सकिँदै छ । नोभेम्बरमा कतारमा विश्वकप हुँदै छ । विश्वकप जति नजिक हुँदै छ, चर्चित खेलाडी चोटमुक्त हुन प्रतीक्षा गरिरहेका छन् । विभिन्न देशका खेलाडी युरोपियन लिगमा व्यस्त छन् । विश्वकपका कारण यसपटक खेलाडीले विश्रामको मौका कम पाउनेछन् । खेलाडीलाई क्लबको ड्युटीसँगै सीधै विश्वकपमा होमिनुपर्ने बाध्यात्मक परिस्थिति छ । यति मात्रै होइन, अहिले खेलाडीलाई चोटको चिन्ता छ । विश्वकपअघिको चोट नै खेलाडीहरूका लागि घातक बनिरहेको छ । 

इंग्ल्यान्डको पहिलो रोजाइका राइट ब्याक रिस जेम्सले चेल्सीबाट खेल्ने क्रममा घुँडाको चोट बोके । यस्तै, अर्जेन्टिना तथा युभेन्ट्सका भेट्रान एन्जिलो डी मारिया ह्यामस्टिङका कारण मैदानबाहिर रहेका छन् । चेल्सीले शनिबार एस्टन भिल्ला र युभेन्ट्सले टोरिनोको यात्रा गर्नेछन् । यी खेलाडीको मनमा एउटै प्रश्न छ, कतै फिफा विश्वकप गुम्ने होइन ? कतार विश्वकप आउन पाँच साता बाँकी छ । जेम्स, डी मारिया चोट बोक्ने खेलाडीको सूचीमा आएका छन् । अब यी खेलाडीले आफूलाई फिट रहन एकपटक फेरि प्रतिस्पर्धामा उत्रनेछन् । केही खेलाडी विश्वकपमा उपलब्ध हुने विश्वासमा छन् । कोही भने विश्वकपमा उपलब्ध नहुन सक्छन् । 

जो विश्वकपबाहिर हुन सक्छन्
विश्वकपमा सहभागी राष्ट्रका मुख्य प्रशिक्षकले आफ्ना खेलाडी बाहिर हुने निश्चित गरिसकेका छन् । चर्चित खेलाडीले आफू विश्वकपबाट बाहिर रहेको प्रस्ट पारिसकेका छन् । अमेरिकाका रक्षक माइल्स रोबिन्सन रिकवरी हुने अवस्थामा छन् । पोल्यान्ड र ब्राइटनका मिडफिल्डर ज्याकुब मोडर गत सिजन अन्तिममा एसियल चोट बोक्दा बाहिर छन् । एस्टन भिल्ला तथा फ्रान्सका बुबाकर कामराको फर्कने सम्भावना कम छ । अन्तिम महिना बुबाकरले साउथ ह्याम्पटनविरुद्ध घुँडाको चोट बोकेका थिए । पोर्चुगलका वैकल्पिक खेलाडी पेड्रो नेटोले घुँडाको चोटपछि सर्जरी गरेका छन् । एस्टन भिल्लाले उल्भ्सलाई २–० ले पराजित गर्दा उनले चोट बोकेका थिए । चोटबाट मुक्त हुन सकेनन् भने उनको स्थानमा फर्नान्डो सान्तोषले स्थान लिनेछन् । खुट्टाको ठूलो चोटका कारण मेक्सिकोका स्टार जेसुस कोरोना र हल्यान्ड मिडफिल्डर जर्जजिन्हो विज्नाल्डुम चोटमुक्त पर्खाइमा छन् । 

फर्कनेमा शंका
विश्वकपअघि चोटका कारण बढी खेलाडी गुमाउने स्थितिमा इंग्ल्यान्ड देखिएको छ । स्टार खेलाडी जेम्ससँगै म्यानचेस्टर सिटीका केली वाल्कर र लिभरपुलका ट्रेन्ट एलेक्जान्डर अनोल्ड फर्कनेमा आशंका छ । युनाइटेडविरुद्ध ६–१ को जितमा ग्रोइन इन्जुरीका कारण वाल्करले सर्जरी गर्नुपरेको छ । सिटीका प्रशिक्षक पेप ग्वार्डिओला वाल्कर विश्वकपअघि ‘मैदान फर्कन सक्छन्’ भन्ने छैन । लिभरपुल आर्सनलसँग ३–२ ले पराजित हुँदा एलेक्जान्डरले यंकल इन्जुरी बोकेका थिए । राइट ब्याक एलेक्जान्डरबारे प्रशिक्षक जर्गेन क्लोपले समेत विश्वकपअघि फर्कने अवस्था गाह्रो मान्छन् । वाल्करकै अनुपस्थितिमा युरोकप २०२० मा प्रशिक्षक गेराथ साउथगेटले जोन स्टोनेस र काल्भिन फिलिप्सलाई ठूलो जिम्मेवारी दिएका थिए । अहिले तिनै खेलाडी चोटबाट गुज्रिरहेका छन् । 

स्पेनिस अट्याकिङ मिडफिल्डर माइकल ओयर्जाबल भर्खरै अभ्यासमा फर्किएका छन् । गत मार्चमा घुँडामा चोट बोकेपछि पहिलोपटक अभ्यासमा उपस्थित भएका हुन् । यस्तै, अन्तर्राष्ट्रिय सहकर्मी डानी ओल्मो अर्काे हप्ता फर्कनेमा विश्वास गर्न सकिन्छ । पाँच हप्ताको संघर्षमा यी दुई जोडी फर्कनेमा मिहिनेत गर्नुपर्नेछ । 

साबिक विजेता फ्रान्ससमेत चोटको लडाइँमा छ । युभेन्ट्सका स्टार खेलाडी पाउल पोग्वा चोटकै कारण बाहिर छन् । खुट्टामा समस्या आएपछि लामो समय मैदानबाहिर रहेका पोग्वा २५ अक्टोबरसम्म फर्कने विश्वास गरिएको छ । चोटकै कारण बाहिर रहेका फ्रान्सका मिडफिल्डर एनगोलो कान्टे अभ्यासमा फर्किएका छन् । फ्रान्सका डिफेन्डर लुकास हेर्नान्डेज, लुकास डिग्ने र प्रस्नल किम्पेम्बे पूर्ण फिटनेस बनाउन संघर्षरत छन् । यसै महिना तीनै खेलाडी फर्कने विश्वास गरिएको छ । 

जर्मनीका केही खेलाडीसमेत चोटबाट फर्कने तयारीमा छन् । फ्लोरियन विर्टज लाइट ट्रेनिङमा फर्किएका छन् । उनी अन्तिम सिजनमा एसियल चोटबाट ग्रसित थिए । प्रशिक्षक हान्सी फ्लिक युवा खेलाडीलाई टोलीबाहिर राख्न चाहँदैनन् । पोर्चुगलसमेत आफ्ना भेट्रान खेलाडी पेपे र पेरिस सेन्ड जर्मेन (पिएसजी) फुल ब्याक नुनो मेन्डिसलाई गुमाउन चाहँदैनन् । बेन्फिकासँग पिएसजी १–१ को अन्तरमा रोकिँदा मेन्डिसले तिघ्रामा चोट बोकेका थिए । पेपेले अभ्यास क्रममा चोट बोके भने अर्जेन्टिनी स्टार खेलाडी पाउलो डिबला चोटग्रस्त छन् । उनी ६ देखि आठ हप्ता मैदानबाहिर रहन सक्छन् । 

विश्वकपबाहिर भएका खेलाडी
- अमेरिका– माइल्स रोबिन्सन
- पोर्चुगल– पेन्ड्रो नेटो
- पोल्यान्ड– जाकुब मोडर
- फ्रान्स– बोउबाकर कामरा
- मेक्सिको– जेसुस कोरोना
- हल्यान्ड– जर्जिनोइ विज्लाल्डुम

फर्कने आशामा रहेका खेलाडी
- इंग्ल्यान्ड– केली वाल्कर, ट्रेन्ट एलेक्जान्डर अर्नाेल्ड, रिस जेम्स, जोन स्टोनेस, काल्भिन फिलिप्स
- अर्जेन्टिना– पाउलो डिबला, एन्जिलो डी मारिया
- फ्रान्स– लुकास हर्नान्डेज, लुकास डिग्ने, प्रेस्नल किम्पेम्बे, एगोलो कान्टे, पाउल पोग्वा
- जर्मनी– फ्लोरियन विर्टज
- मेक्सिको– राउल जिमिनेज
- पोर्चुगल– पेपे, नुनो मेन्डिज
- स्पेन– माइकल ओयर्जाबल, डानी ओल्मो

ad
ad
ad
ad