Skip This
कालीकोट बाढीपहिरो : थप दुईको शव भेटियो, १७ अझै बेपत्ता
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज २८ शुक्रबार
  • Monday, 15 September, 2025
रमेश रावल सुर्खेत
२o७९ असोज २८ शुक्रबार १४:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कालीकोट बाढीपहिरो : थप दुईको शव भेटियो, १७ अझै बेपत्ता

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o७९ असोज २८ शुक्रबार १४:२२:oo

कालीकोटमा बाढीपहिरोमा परेर १७ जना अझै बेपत्ता छन्। कालीकोटमा पहिरोमा परेर बेपत्ता भएका २३ जनामध्ये ६ जनाको शव भेटिएको हो। 

पहिरोमा पुरिएका थप दुईजनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। 

गत आइतबार पहिरोमा पुरिएका तिलागुफा नगरपालिका– ७ वालीका ध्रुवराज विष्ट र उनकी छोरीको शव प्रहरीले बिहीबार पहिरोबाट निकालेको जनाएको छ। 

विष्टको परिवारका पाँचजना पहिरोमा पुरिएर बेपत्ता भएकामध्ये बिहीबार प्रहरीले ध्रुवराज विष्ट र उनकी छोरी ज्यानी विष्टको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक शुभराज बमले बताए। 

‘विष्ट परिवारका चारजनाको शव भेटिएको छ,’ उनले भने, ‘पहिरोमा परेर बेपत्ता भएका २३ जनामध्ये अहिलेसम्म ६ जनाको मात्र शव भेटिएको छ।’
 
तिलागुफा नगरपालिका– ४ राँचुली गाउँका मलामी गएका १३ जना अझै हराइरहेको सूचना अधिकारी बमले जानकारी दिए।