१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २७ बिहीबार
  • Saturday, 28 September, 2024
आयुक्त रामप्रसाद भण्डारी
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज २७ बिहीबार १७:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

किन खारेज भयो रुपन्देही २ बाट डा. भुसालको उम्मेदवारी ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज २७ बिहीबार १७:४८:oo

आगामी मंसिर ४ मा हुने संघ तथा प्रदेशको निर्वाचनमा रुपन्देही २ बाट उठेका डा. कमल भुसाल (निकोलस) को उम्मेदवारी खारेज भएको छ। भुसालको उम्मेदवारीविरुद्ध परेको उजुरीका आधार उनको उम्मेदवारी खारेज भएको निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए। 

उनले आज सञ्चारकर्मीसँग कुरा गर्दै यसको निर्णय निर्वाचन अधिकारीको हातमा रहेको बताए। ‘रुपन्देहीमा डा. भुसाल (निकोलस) को उम्मेदवारी खारेज भएको छ। यो निर्णय त्यहाँको निर्वाचन अधिकारीले गरेको हो। उहाँले पनि कानुन नै हेरेर गर्नुभएको होला। को उम्मेदवार कायम गर्ने र को उम्मेदवार खारेज गर्ने वा अयोग्य व्यक्तिहरू म योग्य छु भनेर त्यहाँ पेस भए कि भएनन् भनेर सम्पूर्ण हेर्ने क्षेत्राधिकार सम्बन्धित निर्वाचन अधिकृतलाई नै हुन्छ,’ उनले भने, ‘सम्बन्धित निर्वाचन अधिकृतले कोही व्यक्ति अयोग्य छन् भनेर निर्णय गरिसकेको छ भने यो योग्य छ, यसरी गर् भनेर हामीले भन्न मिल्दैन। कानुनले जहाँ क्षेत्राधिकार निर्धारण गरेको छ, उपचार त्यहीँ खोज्न जानुपर्छ। त्यसैले, हामीले सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत भनेको न्यायाधीश नै हुनुहुन्छ। निर्वाचन अधिकृत भनेको सबै अदालतका उपसचिवहरू हुनुहुन्छ। प्रमाण संकलन, मूल्यांकन गर्ने, प्रमाणको विश्लेषण गर्ने र त्यो प्रमाणको विश्लेषण गरी एउटा निचोडमा पुग्ने काम उहाँहरूले गर्नुहुन्छ।’

निर्वाचन आयुक्त भण्डारीले सरकारको कोष वा सरकारको लगानी रहेको विभिन्न संस्था, निकायहरूको कोषबाट रकम बुझ्ने व्यक्तिहरूलाई आयोगले उम्मेदवारको लागि योग्य ठहर गर्न नसक्ने बताए। 

प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा रुपन्देही क्षेत्र नं २ बाट उम्मेदवारी दिएका डा. भुसालको उम्मेदवारी खारेज भएको थियो। उनीविरुद्ध सरकारी सेवा लिएर अध्ययन जारी राखेको अवस्थामै निर्वाचनमा उम्मेदवार बनेको उजुरी परेको थियो।