१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २७ बिहीबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज २७ बिहीबार १४:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निर्वाचनपछि देशको कार्यकारी भूमिकामा मेरो हस्तक्षेप रहन्छ : नेता पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज २७ बिहीबार १४:२२:oo

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफूले निर्वाचनपछि देशको कार्यकारी पद प्रधानमन्त्रीमा दाबी गर्ने मनसाय व्यक्त गरेका छन्।

नयाँ पत्रिकासँग कुरा गर्दै उनले देशले क्षमतावान नेतृत्व खोजेको र आफू त्यसको योग्य भएको बताएका हुन्। देशमा स्थायित्वका लागि गठबन्धन भएको र सोही अंकगणितका आधारमा आफूले सो लक्ष्य हासिल गर्ने उनको दाबी छ।

‘त्यही अंकगणितबाट देश बनाउन लाग्छु म। देशको विकास र उन्नति, बेरोजगारीको अन्त्य, गाउँगाउँमै आम्दानी, देशभित्रै रोजगारी मेरो नारा हो। मेरो विकासको लक्ष्य नै त्यही छ। त्यसका लागि सुशासन चाहिन्छ। देशमा सुशासनविना कुनै पनि काम सफल हुन सक्दैन,’ उनले भने, ‘अहिलेसम्म देश विकास नहुनुको कारण पनि यही हो। सुशासन दिन सक्ने नैतिक शक्ति  र क्षमता भएको नेतृत्व चाहिन्छ भनेर मैले भन्दै आएको छु। त्यसकारण देशको कार्यकारीमा मेरो हस्तक्षेप रहन्छ।’