बडादसैँको दोस्रो दिनदेखिको अविरल वर्षाले अवरुद्ध भएको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ। कैलालीको गोदावरी नगरपालिका– ४ मा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उक्त स्थानमा सुरक्षाकर्मी, स्थानीयवासी र सवारीचालकसमेत भएर उक्त राजमार्ग सञ्चालनमा ल्याइएको हो। पहाडी सात जिल्ला जोड्ने सो राजमार्ग अहिले सञ्चालनमा आएपछि सावरीसाधन आवतजावत हुन लागेकोे उनले बताए।