मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज २४ सोमबार ०९:३३:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एन्फा बैठक बोलाउन बहुमत केन्द्रीय सदस्यको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज २४ सोमबार ०९:३३:००

 अखिल नेपाल फुटबल संघ (एन्फा) का बहुमत केन्द्रीय सदस्यले कार्यसमिति बैठक बोलाउन माग गरेका छन् । एन्फाका बहुमत केन्द्रीय सदस्यले आइतबार विभिन्न ६ वटा एजेन्डाको माग गर्दै कार्यसमिति बैठक बोलाउन अध्यक्ष पंकजविक्रम नेम्वाङसँग आग्रह गरेका हुन् ।

उपाध्यक्षत्रय विराजजंग शाही, दीपक खतिवडा र दीर्घबहादुर केसी, महेन्द्र क्षेत्री, मनिराज विष्ट, मनीष जोशी, रुपेश अधिकारी, भरतबहादुर थापा, रविन्द्र चन्द, रमेश व्यञ्जनकार, सरिला श्रेष्ठ र टीका लामाले हस्ताक्षरसहित बैठक बोलाउन माग राखेको जनाएको छ । उनीहरूले एन्फा विधानको धारा ३९ को (२) अनुसार बैठक माग गरेका हुन् । 

एन्फा विधानअनुसार एकतिहाइ पदाधिकारीले कार्यसमिति बैठक माग राखे अध्यक्षले २१ दिनभित्र बोलाउनुपर्ने व्यवस्था छ । एएफसीको कार्यसमिति सदस्यमा गुपचुप रूपमा एन्फा अध्यक्ष नेम्वाङ उम्मेदवार बन्ने निर्णयको विरुद्धमा एन्फामा नयाँ विवाद सिर्जना भएको छ । एन्फाका बहुमत केन्द्रीय सदस्यले नेम्वाङको उम्मेदवारी रद्द गर्न माग गर्दै एएफसीमा पत्र पठाएका छन् ।