मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ १९ शुक्रबार
  • Friday, 02 June, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज २३ आइतबार २०:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं - ९ बाट विवेकशीलका पाण्डे ‘पाइला’ चिह्नमा लड्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज २३ आइतबार २०:१४:००

विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डेले काठमाडौं क्षेत्र नं ९ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी मनोनयन गराएका छन्। उनले विवेकशील अभियानका तर्फबाट ‘पाइला चिह्न’ लिएर उम्मेदवारी दिएका हुन्।

पेसाले सिभिल इन्जिनियर पाण्डे २०७४ सालमा पनि उनले यही क्षेत्रबाट करिब ५ हजार मत ल्याएका थिए। विभिन्न पत्रपत्रिकाहरूमा शिक्षा, रोजगारी तथा युवाहरूबारे कलम चलाउँदै आएका छन्। 

उम्मेदवारी दर्ता गर्दै पाण्डेले भने, ‘बाबु योपल्ट प्रयास गर्‍यौँ। ५ वर्षपछि अझ परिपक्व भएर आउनू, अर्कोपल्ट तिमीलाई पक्का जिताउनेछौँ’ भनेर अघिल्लोपल्ट जनताले भनेका थिए। यसपालि यहाँका जनताले विकल्प रोज्नेछन्।’

विवेकशील साझा पार्टीमा तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले राजतन्त्र पक्षधर विचार ल्याएपछि पाण्डेले त्यसको प्रतिकार गरेका थिए। 

यसै सिलसिलामा पाण्डेको कारबाही मिश्रले पार्टी छोडेपछि पनि फुकुवा नभएपछि पाण्डेले आफैँकट युवाहरूको पहलमा दर्ता भएको साझा पार्टी नेपालको ‘पाइला चिह्नमा चुनाव लड्न बाध्य भएका हुन्।