१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख २५ मंगलबार १९:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं- ४ मा गगन थापा : 'ड्राइभिङ सिटमा बसेर' मुलुक हाँक्ने एजेन्डा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १९:५३:oo

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनपछि आफैँ ड्राइभिङ सिटमा बसेर मुलुक हाँक्ने बताएका छन्। आइतबार काठमाडौं क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएलगत्तै उनले सञ्चारकर्मीमाझ यस्तो भनाइ राखेका हुन्। 

त्यसका लागि आफूसँग आवश्यक अनुभव, सपना र जोस सबै रहेको महामन्त्री थापाको भनाइ थियो। महामन्त्री थापाले अबको निर्वाचनपछि पार्टीको मूल जिम्मेवारी लिन प्रयास गर्ने पनि बताए। आफूले प्राप्त गरेको अनुभवको आधारमा सरकारको जिम्मेवारी सम्हाल्न आफू क्रियाशील हुने उनले बताए। 

महामन्त्री थापाले काठमाडौं क्षेत्र नम्बर ४ ले आफूलाई सम्मान र पहिचान दुवै दिएकाले पनि सोही क्षेत्रबाट निर्वाचन लड्न लागेको पटकपटक दोहोर्‍याए। 

उनले भने, 'पार्टीको पनि मूल जिम्मेवारी लिनुपर्छ। र, मेरो प्रयत्न त अब यहाँसम्म नेपालका राजनीतिक दलहरूले ल्याउनुभएकोमा उहाँहरूलाई धन्यवाद दिँदै, उहाँहरूलाई आभार प्रकट गर्दै अब ड्राइभिङ सिटमा आफैँ बसेर अब योभन्दा अगाडिको पाँच वर्षको निम्ति आफैँ मूल ड्राइभिङ सिटमा बस्ने प्रयत्न गर्ने हो। आफ्नो कर्म गर्ने हो, त्यसले फल कस्तो दिन्छ ? त्यो समयले बताउला। तर, मेरो आफ्नो उम्मेदवारी यहाँबाट निर्वाचित भएर गएपछि मैले सांसदको रूपमा गर्ने अरू जिम्मेवारी छँदै छ। मैले योपटक नेपाल सरकारको जिम्मेवारी सम्हाल्ने गरी काम गर्ने प्रयत्न गर्छु। किनकि मलाई अब त्यसका निम्ति चाहिने अनुभव भयो। त्यसका निम्ति चाहिने सपना मसँग छ। जोस मसँग छ। चाहिएको अनुभव पनि मैले प्राप्त गरेको छु। यसको आधारमा मैले काम गर्ने प्रयास गर्छु।'

ad
ad