मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज २३ आइतबार
  • Friday, 14 August, 2026
२o७९ असोज २३ आइतबार १७:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोरङ ३ मा राप्रपा नेतृ रेखा थापाको उम्मेदवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २३ आइतबार १७:२५:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेतृ रेखा थापाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएकी छिन्। नेतृ थापाले मोरङ क्षेत्र नम्बर ३ बाट मनोनयनपत्र दर्ता गराएकी हुन्।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले मोरङ ३ को परिवर्तनका लागि आफूले उम्मेदवारी दिएको बताइन्। यस क्षेत्रले २० वर्षको अन्तरालमा कहिल्यै विकल्प नपाएको भन्दै अब विकल्पको रूपमा युवाशक्ति बनेर आफू आएको जिकिर गरिन्। मोरङ क्षेत्र नम्बर ३ बाट आफ्नो जित सुनिश्चित रहेको उनको दाबी छ।

०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा मोरङ ३ बाट एमालेका भानुभक्त ढकाल निर्वाचित भएका थिए। एमाले–माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार ढकालले ४२ हजार ४१३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका सुनील शर्माले ४० हजार ५०६ मत पाएका थिए।

गत निर्वाचनमा यो क्षेत्रमा राप्रपाका उम्मेदवार कमलबहादुर गुरुङले २६८ मत मात्र पाएका थिए।