१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार १o:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

टी–२० विश्वकपका सात संस्करण : यी हुन् सर्वाधिक रन बनाउने सात खेलाडी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:४९:oo

सन् २००७ मा दक्षिण अफ्रिकामा टी–२० विश्वकपको पहिलो संस्करण भएको थियो । १६ अक्टोबरदेखि १३ नोभेम्बरसम्म अस्ट्रेलियामा हुने आठौँ संस्करणमा १६ टोलीले प्रतिस्पर्धा गर्दैछन् । 

१. म्याथ्यु हेडन (अस्ट्रेलिया) सन् २००७, रन : २६५, चार अर्धशतक
सन् २००७ मा दक्षिण अफ्रिकामा टी–२० विश्वकपको पहिलो संस्करण भएको थियो । यस विश्वकपमा अस्ट्रेलियाका बायाँहाते ब्याट्सम्यान म्याथ्यु हेडन प्रतियोगिताकै सर्वाधिक रन बनाउने ब्याट्सम्यान बने । उनले चार अर्धशतकको मद्दतमा दुई सय ६५ रन जोडे । 

२. तिलकरत्ने दिल्सान (श्रीलंका) सन् २००९, रन : ३१७, तीन अर्धशतक
टी–२० विश्वकपको दोस्रो संस्करणमा श्रीलंकाका दिल्सानले उत्कृष्ट ब्याटिङ गरेका थिए । दिल्सानले हेडनको रेकर्ड तोड्दै प्रतियोगिताकै सर्वाधिक तीन सय १७ रन जोडे । उनले प्रतियोगिता अवधिभरि तीन अर्धशतक बनाएका थिए । यस विश्वकपमा उनी म्यान अफ दी सिरिज बनेका थिए । 

३. महेला जयवर्द्धने (श्रीलंका) सन् २०१०, रन : ३०२, एक शतक, दुई अर्धशतक
टी–२० विश्वकपको तेस्रो संस्करणमा पनि श्रीलंकाली ब्याट्सम्यान चम्किए । श्रीलंकाका पूर्वकप्तान जयवर्द्धनेले यस विश्वकपमा सर्वाधिक तीन सय दुई रन जोडे । टी–२० विश्वकपमा पहिलो शतक उनले बनाए । जयवर्द्धनेले विश्वकपमा दुई अर्धशतक पनि लगाए । 

४. सेन वाट्सन (अस्ट्रेलिया) सन् २०१२, रन : २४९, तीन अर्धशतक
अस्ट्रेलियाका ब्याट्सम्यान वाट्सन अलराउन्डरका रूपमा विश्वकपभरि नै छाएका थिए । यद्यपि, उनले प्रतियोगितामा उत्कृष्ट ब्याटिङ र बलिङ प्रदर्शन गरे पनि अस्ट्रेलियालाई विश्वकप उपाधि दिलाउन सकेनन् । वाट्सनले प्रतियोगितामा सर्वाधिक दुई सय ४९ रन जोडेका थिए । यसक्रममा उनले तीन खेलमा अर्धशतकीय इनिङ खेलेका थिए । प्रतियोगिताको उनको उच्चतम प्रदर्शन ७२ रन थियो । विश्वकपमा उनले ११ विकेट हात पारेका थिए । उनी विश्वकपकै म्यान अफ दी सिरिज बने । 

५. विराट कोहली (भारत) सन् २०१४, रन : ३१९, चार अर्धशतक
भारतका मध्यक्रमका ब्याट्सम्यान कोहली पाँचौँ संस्करणमा फर्ममा देखिए । उनले अघिल्लो विश्वकपको सबै रेकर्ड तोड्दै समग्र तीन सय १९ रन जोडे । कीर्तिमानी ब्याटिङ गरेका कोहलीले चार खेलमा अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले प्रतियोगिताको एक खेलमा ७७ रन जोडेका थिए ।  

६. तमिन इक्वाल (बंगलादेश) सन् २०१६, रन : २९५, एक शतक, एक अर्धशतक
सन् २०१६ को विश्वकपमा सबैलाई अचम्मित पार्दै बंगलादेशका इक्वालले प्रतियोगिताकै सर्वाधिक रन जोडे । बंगलादेश सेमिफाइनलसम्म नपुगे पनि इक्वालको ब्याटिङले खुबै चर्चा पाएको थियो । यस विश्वकपमा इक्वालले दुई सय ९५ रन जोडे । यसक्रममा उनले एक शतक तथा एक अर्धशतक बनाएका थिए । उनले एक खेलमा एक सय तीन रनको इनिङ्स खेलेका थिए । 

७. बाबर अजाम (पाकिस्तान) सन् २०२१, रन : ३०३, चार अर्धशतक
कोरोना भाइरसका कारण सातौँ संस्करणको टी–२० विश्वकप निर्धारित समयमा हुन सकेन । सातौँ संस्करण भारतमा हुने तय भइसकेको थियो । सुरक्षा तथा कोभिडको महामारीका कारण आइसिसीले विश्वकप प्रतियोगिता युएई र ओमानमा आयोजना गर्‍यो । यस विश्वकपमा पाकिस्तानले उत्कृष्ट प्रदर्शन गरे पनि उपाधि जित्न सकेन । पाकिस्तानका ओपनर बाबरले प्रतियोगिताकै कीर्तिमानका रूपमा तीन सय तीन रन बनाएका थिए । उनले विश्वकपका चार खेलमा अर्धशतक बनाएका थिए । उनले एक खेलमा उच्चतम ७० रन बनाएका थिए । 

ad
ad