१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २२ शनिबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज २२ शनिबार १९:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

उपेन्द्रले भने- चुनावका बेला प्रधानमन्त्रीले हाम्रा मन्त्री चलाएर उथलपुथल गर्नुहुँदैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज २२ शनिबार १९:३६:oo

  जसपाका अध्यक्ष उपेन्द्र यादवले सरकारको समर्थन फिर्ता नलिएको बताएका छन्। 

एमालेसँग चुनावी तालमेल गर्ने भएपछि जसपा सरकारमा रहने वा नरहनेबारे नयाँ पत्रिकाले राखेकाे जिज्ञासामा उनले प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावको मुखमा मन्त्री चलाएर उथलपुथल नगर्ने बताए। 

उनले नयाँ पत्रिकासँग भने, 'अहिलेको त सरकार चुनावीमात्रै हो। चुनाव गराउनका लागि मात्रै हो। त्यसैले यसमा भित्रिने र बाहिरिनेले अर्थ राख्दैन। हाम्रा मन्त्रीहरुले चुनाव गराउनमा सरकारलाई सहयोग गर्छन्। चुनाव गराउने बेलामा उथलपुथल गर्नुहुँदैन। यो हाम्रो दायित्व पनि हो। प्रधानमन्त्रीले चुनाव गराउने बेलामा पक्कै यस्तो काम गर्नुहुन्न। सरकारप्रति हाम्रो असहमति होइन। हामीले सरकारको समर्थन फिर्ता लिएको पनि होइन। मात्रै गठबन्धन गर्दा सिटको तालमेल नमिलेको हो । त्यसैले सरकार र चुनावी गठबन्धन दुवै अलग विषय हुन्। यसलाई सँगै राखेर हेर्न हुँदैन।'

ad
ad
ad
ad