१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २२ शनिबार
  • Saturday, 06 July, 2024
२o७९ असोज २२ शनिबार o९:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

लमजुङमा लेक लागेर श्रीमानको मृत्यु, श्रीमती बेपत्ता  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २२ शनिबार o९:o३:oo

लमजुङमा लेक लागेर एक युवकको मृत्यु भएको छ । लेक लागेर सर्लाही जिल्ला लालबन्दी नगरपालिका– १२, पत्थरकोटका २७ वर्षीय बुद्धिमान योञ्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले बताए  ।

योञ्जनकी श्रीमती २४ वर्षीया शर्मिला तामाङ सम्पर्कविहीन छन् । उनीहरूसँगै  गएका पाँचजनामध्ये तीनजना भेडीगोठमा सुरक्षित  बसिरहेको प्रहरीले जनाएको छ ।  दोर्दी र दूधपोखरी गाउँपालिकाको सिरानमा पर्ने ऐतिहासिक एवं पर्यटकीय मेमेपोखरी घुमेर फर्कने क्रममा लेक लागेर योञ्जनको मृत्यु भएको प्रहरीको भनाइ  छ  । प्रहरीका अनुसार श्रीमती रातको समय बाटो पहिल्याउन नसक्दा सम्पर्कविहीन भएकी हुन्  ।

शुक्रबार नेपाली सेनाको उदीपुरस्थित चण्डीप्रसाद गणबाट पाँचजना सैनिक उद्धारका लागि गएको र उनीहरू शुक्रबार साँझ बराहपोखरी पुगेको र आज बिहानैदेखि खोजीकार्यमा जुटेको लमजुङका प्रहरी प्रमुख डिएसपी श्रीमलले बताए । श्रीमलका अनुसार उनीहरू असोज १६ गते लेकतर्फ गएका थिए । त्यसपछि नवमीका दिन मेमेपोखरी पुगेको र त्यसपछि विजयादशमीको दिन फर्किएको बुझिन्छ ।

उद्धारका लागि पठाएका प्रहरीलाई समेत लेक लागेपछि दुईजनालाई बाटोबाटै फर्काइएको छ । लमजुङ सदरमुकाम बेंसीसहरबाट बराहपोखरी पुग्न एक दिन र बराहपोखरीबाट दुई दिनमा मेमेपोखरी पुग्न सकिन्छ ।मेमेपोखरी समुद्री सतहबाट चार हजार आठ सय मिटर उचाइमा रहेको छ ।

ad
ad
ad
ad